रोल्पामा बाम गठबन्धन द्धारा संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक




रेशम बि.क
रोल्पा, २३ कार्तिक । रोल्पामा बाम गठबन्धन द्धारा संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन । संयुक्त चुनावी परिचनाल समिति रोल्पाले लिबाङमा पत्रकार भेटघाटको आयोजना गरी घोषणा पत्र सार्वजनिक गरिएको हो ।घोषणा पत्र सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रतिनिधी सभाका उमेद्वार वर्षमान पुन ‘अनन्त’ले अबको पाँच बर्षमा रोल्पालाई संमृद्ध बनाउने वताउनु भयो ।जिल्लाको समग्र विकास र रोल्पाली जनताको जीवन स्तरमा परिर्वन ल्याउने बताउनुभयो ।

घोषणा पत्रमा सडक यातायातमा सबैको पहँच  पु¥याउने, घर घरमा विजुली स्वस्च्छ खानेपानी, क्षेत्रबाट कृषिबाटै आर्थिक रुपान्तरण, स्वास्थ्य र अनुशासित नागरिकका लागि खेलकुदको विकास, व्यवस्थित सहरीकरणको आधार, व्यावसायिक पशुपालन , होम स्टेहरुको सञ्चालन, दलित परिवारका सन्तानहरुलाई निःशुल्क शिक्षा , शहीद परिवारका लागि आयआर्जन , भ्रष्टचार नियन्त्रण सुशासन कायम गर्ने जस्ता योजनाहरु घोषणा पत्रमा समेटिएको छ । उहाँले फरक प्रशंगमा नेता पुनले जसरी सञ्चार माध्यमहरुमा कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ बीच आन्तरिक द्वन्द्व भएको भन्ने समाचार निराधार समाचार भएको बताउनुभयो ।चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम निर्वाचन परिचालन समिति रोल्पाका सदस्य तथा नेकपा (एमाले) रोल्पा जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्