विष्णु पौडेललाई मुख्यमन्त्री पोखरेलको आग्रह : राजधानीका विषयमा लबिङ नगर्नुहोस



प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नाम सहमतिकै आधारमा तोकिने बताएका छन्।

प्रेस संगठन नेपाल प्रदेश ५ को प्रथम भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चुनावका बेला जे भनिएको भए पनि त्यसबाट पछाडि हटेर निर्णय गर्नुपर्ने बताए।

दाङबाट प्रदेशसभामा निर्वाचित पोखरेलले चुनावका बेला मतादाता समक्ष दाङलाई प्रदेशको राजधानी बनाउने बताएको स्मरण गरे। नेकपाका महासचिव विष्णु पौडेलले बुटवल नै राजधानी हुनुपर्छ भनेर भनिरहेकोतर्फ संकेत गर्दै उनले राजधानीको विषयमा नबोल्न सुझाब समेत दिए।

‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडे। महासचिव विष्णु पौडेल कामरेडले पनि बुटवल राजधानी बनाउँछु भनेर चुनाव लड्नुभो’, मुख्यमन्त्री पोखरेलले भने, ‘राजधानीको विषयलाई लिएर अहिले मेरो पनि कुनै निजी विचार छैन। महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोस् – बोल्नुहोस्।’

मुख्यमन्त्री पोखरेलले राजधानीले जोडने काम गर्ने बताउँदै विभाजको रेखा कोर्ने काम कहीँ कतैबाट हुन नहुने बताए। उनले प्रदेशको नाम र राजधानीको टुंगो जारी हिउँदे अधिवेशनबाटै लाग्ने बताए। उनले प्रदेश ५ का सबै जिल्लालाई पायक पर्नेगरी राजधानी तोकिने समेत बताए।

मुख्यमन्त्री पोखरेलले केन्द्रका मिडियामा प्रदेश सरकारका काम कारबाहीबारे समचार नआएको बारे गुनासो समेत गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्