१७ मेक्ट्रिटन मकै विउ वितरण



 

गिरिराज नेपाली

जेष्ठ १६ , दाङ । लामो समय पछिको दाङमा दुई दिन यता प्रर्याप्त वर्षात भए पछि किसानहरु खेतीपातीमा जुटेका छन । विउविजन खरिदका लागि किसानहरु भिडभाड पनि वढ्ने सुरु गरेको छ ।

जिल्ला कृर्षि विकास कार्यालय दाङ पछिल्लो ३ दिनमा ७० कुन्टल मकै विउ वितरण गरेको जनाएको छ ।
जसमा घोराही , नारायणपुर र रामपुर क्षेत्रमा २० कुन्टल , तुलसीपुर क्षेत्रमा ३० र लमही क्षेत्रमा २० कुन्टल गरी जिल्ला भर ७० कुन्टल उन्नत जातको मकै विउ वितरण गरिएको जिल्ला कृर्षि विकास कार्यालय दाङले जनाएको छ । जिल्ला कृर्षि विकास कार्यालय दाङका वरिष्ठ कृर्षि विकास अधिकृत दिपक कुमार शर्माका अनुसार ७ लाख ६९ हजार मुल्य वरावरIMG_1332को ७० कुन्टल मकैको विउ वितरण गरिएको जानकारी दिनुभयो ।

दाङ मकै उत्पादनको पकेट क्षेत्र मानिने भएकाले दाङ लाई मकै उत्पादनमा आत्म निर्भर वनाउने उद्देश्यका सरकारले नै ‘अभियान मुखी मकै भट्मास कार्यक्रम ’ सुरु गरी कृषकहरु लाई ५० प्रतिशतको अनुदानमा मकै विउ वितरण गरिएको हो । दाङको कुल खेती योग्य जमिन मध्ये ,२३ हजार ९ सय ५५ हेक्टर मकै खेती गरिने जानकारी दिए । जस वाट गत वर्ष जिल्लामा ४८ हजार मेक्ट्रिटन उत्पादन भए पनि यो वर्ष १० प्रतिशत उत्पादत्व वढाउने लक्ष्यका साथ अनुदान स्वरुप ७० कुन्टल विउ मकै वितरण गरिएको शर्माले वताउनु भयो ।

खाद्यवाली मध्ये मकै पनि एक प्रमुख वाली रहेकाले दाङ लाई मकै उत्पादनमा आत्मनिर्भर वनाई कुखुरा दाना उत्पदान समेत वृद्धि गर्ने जिल्ला विकास कार्यालय दाङको लक्ष्य छ । शर्माले भन्नुभयो ‘ दाङमा वर्षेनी करौडौ रुपैयाको कुखुरा दाना वर्षेनी आयात हुने गरेको उक्त आयात लाई विस्ूथापित गर्ने लक्ष्यका साथ कृर्षि विकास मन्त्रालय र जिल्ला कृर्षि विकास कार्यालय दाङले मकै उत्पादन लाई गत वर्ष देखी वढवा दिएको वताउनु भयो ।

प्रधानमन्त्री कृर्षि सुपर जोन कार्यक्रम अन्र्तगत मकै सुपरजोन ’ का लागि छनौट भएकाले मकै उत्पादनका लागि दाङ प्रशस्त सम्भवाना बोकेको जिल्ला रहेकाले दाङ लाई मकै उत्पादनको
पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ अभिायन स्वरुप मकै उत्पादन वृद्धि कार्यक्रम र विज वृद्धि कार्यक्रम पनि सुरु गरिएको शर्माले वताउनु् भयो । जिल्लाका पहाडी क्षेत्र , देउखुरी क्षेत्र र पश्चिम दाङमा मकै उत्पादनको राम्रो सम्भावना रहेकाले यि क्षेत्रहरु लाई लक्षित गरी विउ वितरण कार्यक्रम सुरु गरिएको शर्माले वताउनु भयो ।

गत वर्ष दाङको पश्चिम क्षेत्रमा मकै वालीमा ठाढ कुहिने समस्याले उत्पादन घट्ने पनि यस वर्ष नयाँ विउ वितरण गरी उत्पादन वढाउने लक्ष्य रहेको उहाँले वताउनु भयो ।

रामपुरे र अरुण २ मकै दाङको माटो र हावापानी सुहाउदो विउ रहेकाले दाङमा रामपुरे र अरुण २ मकैवाली लगाउन उपयुक्त मानिने शर्माले कृषकहरु लाई सल्लाह दिनुभयो । गत वर्ष डाढ कुहिने समस्या भोगेका पश्चिम क्षेत्रका कृषकहरु लाई भने यो वर्ष उक्त क्षेत्रमा अन्यवाली खेती गरे , त्यो वाली सप्रन सक्ने राम्रो उत्पा्दन समेत दिने सुझाव राखेको छन ।
यो वर्ष पनि उक्त क्षेत्रमा मकै नै खेती गर्ने भए पुरानो विउ नभई नयाँ विउ , पोटास प्रयोग नगरी खेती गर्ने र प्रत्येक ३ –३ वर्षमा विउ फेरी खेती गरेमा मकैवालीमा कुनै पनि समस्या नदेखिने शर्माको सुझाव छ ।

विउ अपुगको गुनासो

   खेतीपाती सुरु भए संगै विउ खरिदका कृर्षि कार्यालय धाउन सुरु गरेका किसानहरुले प्रर्याप्त विउ नपाएको गुनासो गरेका छन । प्रति कट्ठा १ किलो दरले विउ दिए पनि त्यो विउहरुले आफुहरुका लागि अपुग हुने गरेको किसानहरुको गुनासो छ । १ कट्ठामा साढे १ किलो विउ आफुहरुले वर्षेनी छर्दै आए पनि अनुदानको कृर्षि कार्यालयले १ किलो मात्रै दिने गरेको किसानहरुले गुनासो गरेका छन । घोराही उप–महानगरपालिका १६ का सन्तोष चौधरीले आफुले भने जति विउ नदिएको गुनासो गर्नुभएको छ । प्रति किलो ९० रुपैया पर्ने मकैको विउ अनुदान स्वरुप ४५ प्रतिकिलोका दरले विक्रि वितरण गरे पनि त्यो अनुदानले आफूलाई आधा मात्रै छोएको उहाँले वताउनु भयो । ‘ करिव ११ कट्ठा आफुले मकै खेती गर्दै आए पनि ८ किलो मात्रै दिएकाले वाँकी ३ किलो अन्य एग्रोभेट वाट १ सय रुपैया किलोको दरले खरिद गर्नु पर्ने वाध्यता छ । कार्यालयले मागे जति दिदैन । दिएको हआधाँे पुग्दैन । वाहिर वाट खरिद गर्नुनै पर्छ । पुग्ने जति दि पो हामी लाई राम्रो हुने थियो । आधा पुग्ने , आधा नपुग्ने दिएर के काम .. । चौध्रीले भन्नु अनुदानले कसैलाई पुरै छोयो । तर धेरै खेती गर्ने , खेतीपाती गरेर परिवार पाल्नेहरु लाई कहिले छुदैन । उहाँले भन्नु भयो ‘पुग्ने जति दिएको भए के कामले गुनासो गरिन्थ्यो र ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्