मेयर चौधरी विरामी भेट्न डाक्टर सहित गए




सैघाली खबर

दाङ, २४ कार्तिक घोराही उपमहानगरपालिकाले थालेको जेष्ठ नागरिकको घरमै उपचार अभियान सुरु गरेको छ । यसैक्रममा उपमहानगरको वडा नम्बर १४ ले शुक्रबार जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गरेको छ ।विज्ञ डाक्टर सहित स्वाथ्यकर्मी, उपमहानगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्य सहितको टोलीले वडा नम्बर १४ भित्रमा रहेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच, उपचार र निशुल्क औषधी वितरण गरेको हो ।जनप्रतिनिधीहरु डाक्टरलाई लिएर ओछ्यानमै पुगेर स्वास्थ्य अबस्था बुझ्दा, उपचार गर्दा जेष्ठ नागरिकहरु निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका १४ गणेशटोलका १ सय ७ बर्षिय हरिप्रसाद श्रेष्ठ र उहाँकी श्रीमति ९० बर्षिया सुन्दरी श्रेष्ठको स्वास्थ्य जाँच गरेर वडा नम्बर १४ ले घरमै जेष्ठ नागरिकको निशुल्क उपचार सुरु गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीले आफुहरुले चुनावी अभियानमा भनेको र निति तथा कार्यक्रमबाट पारित गरेको कुराहरुलाई कार्यान्वयन गर्न जेष्ठ नागरिकहरुको घरमै स्वास्थ्य जाँच र उपचारका लागि आएको बताए ।आगामी दिनमा पनि निरन्तर जेष्ठ नागरिकहरुको घरमै निशुल्क उपचार गर्ने गरि आफुहरु अघि बढ्ने समेत जानकारी दिए । ओछ्यानमै डाक्टर रविन चन्द, मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौपाने, वडा अध्यक्ष शक्तिराम डाँगी, सदस्य गुलाम रसुल लगाएतका व्यक्तिहरु पुग्दा जेष्ठ नागरिकहरुले निकै खुसी हुदै धन्याबाद दिएका छन् ।उपचारमा राप्ती उपक्षेत्रिय अस्पतालका डा.रविन चन्द, घोराही उपमहानगर स्वास्थ्य शाखाका प्रमुख नारयणप्रसाद घर्ती, कुमार डाँगी सहितको टोलीले ८० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरी निशुल्क औषधी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्