राेल्पामा फेरी एम्वुस अाक्रमण, नेता वर्षमानकाे गाडीमा क्षेती



सैघाली खबर,
रोल्पा २५, कात्तिक । – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो ।

बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ ।

चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उहाँको गाडीलाई लक्षित गरी विस्फोट भएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।

पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्