‘गोदाममा औषधी,स्वास्थसंस्थामा हाहाकार’



गिरिराज नेपाली
दाङ, २५ कार्तिक । जिल्लामा औषधी पर्याप्त रहे पनि स्वास्थ्यसंस्थाहरुमा भने अभाव देखिएको छ । स्थानिय तहमा स्वास्थ्यसंस्थाहरु गाँभिए संगै जिल्लावाट औषधी ढुवानी रोकिदा औषधीहरु गोदामै थन्कीएका छन । भने स्वास्थ्यसंस्थामा औषधीको हाहाकार देखिएको छ । स्वास्थमा औषधी नपुग्दा सर्वसाधरण नागरिकहरु औषधी विनाको उपचार सेवा लिनुपर्ने वाध्यतामा परेका छन । औषधी अभाव हुदा स्वास्थ्यसंस्था आफै अन्यौलमा परेका छन ।

स्वास्थ्यचौकी कमिरेचौर प्रमुख एंव बंगालाचुली गाउँपालिका स्वास्थ्य संयोजक चेतप्रसाद लम्सालले जनस्वास्थ्य कार्यालयले औषधी नपु¥याउदा अभाव भएको बताउनुभयो । स्वास्थ्यसंस्थाका लागि विभाग र क्षेत्रिय निर्देशनालयले औषधी पठाए पनि त्यो औषधी जिल्ला संस्थामा नठाउदा औषधी विनाको उपचार दिनुपर्ने वाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘रुघाखोकी, ज्वरो, ’ जस्ता अति आवश्यक औषधीहरु सकिएको करिव महिना दिन हुनै लाग्यो । तर अझै औषधी आइसकेको छैन । त्यो पनि गत वर्ष आएको औषधी हो ।

जिल्लामा औषधी माग ग¥र्याे । ढुवानी छैन । आएर लैजानुहोस् भन्छन । गाउँपालिकाले ४ वटा स्वास्थ्यसंस्थाका लागि ३ लाख रुपैया छुट्याएको छ । त्यो पनि अझै औषधी खरिद गरिएको छैन । जिल्लाले पठाउदैन । गाउँपालिकाले अझै औषधी खरिद गरेको छैन । सेवाग्राहीलाई के औषधी दिएर पठाउने हामी कर्मचारी आफै अन्यौलामा परेका छौ ।
उहाँले भन्नुभयो – ‘स्थानिय तहमा स्वास्थ्य गाँभिए संगै हामी अन्यौलमा परेका छौ । ’ जनस्वास्थ्यले भन्दा स्वास्थ्यसंस्थाहरुको स्वायत्त गाउँपालिका लिईसकेको छ । अव औषधी खरिद देखी सम्वन्धीत गाउँपालिकाले गर्छ भनेर जवाफ पाउछौ । कतिपय औषधीहरु जिल्लामा आईसकेका छन । तर त्यो औषधी ढुवानी हुन सकेको छैन । न जिल्ला जनस्वास्थ्यले नै चाँसो देखाएको छ । न सम्वन्धीत गाउँपालिकाहरुले चाँसो दिएको छ । औषधी नहुदा सर्वसाधरण नागरिकहरु निजि मेडिकलको औषधी खानुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो ।

विरामीले स्वास्थ्यचेकजाँच स्वास्थ्यकेन्द्रमा गरे पनि औषधी भने मेडिकलकै लिएर जाने गरेको उहाँले बताउनुभयो । जसका कारण सर्वसाधरण नागरिकहरु आर्थिक मंहगीमा परेका छन । उहाँले भन्नुभयो– ‘ पैसाले हुने, मेडिकलको औषधी लिएर नहुनेहरुले खाली हात घर फर्किनु परेको छ । स्वास्थ्यसंस्थामा अति केही औषधी वाहेक अतिआवश्यक औषधी रित्तिएका छन । विरामीको रोकथामका विकल्पको रुपमा अरु औषधी नै दिएर पठाउनु परेको उहाँले बताउनुभयो ।
स्वास्थ्यसंस्थाहरुको स्वायत्त अधिकार सम्वन्धीत पालिकाहरुमै निहित रहेकाले जिल्लाले औषधी ढुवानी गर्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङको भनाई छ । 

स्थानिय तहको गाँभिएका स्वास्थ्यसंस्थाहरुको औषधी खरिद, ढुवानीको वजेट सम्वन्धीत गाउँपालिकाहरुमै हुने र तोकिने भएकाले जिल्ला जनस्वास्थ्य स्थानिय स्वास्थ्यसंस्थामा औषधी पु¥याउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत जर्नादन गौतमले बताउनुभयो । गौतमले भन्नुभयो– ‘केन्द्रले औषधी पठाईदिएको छ । ’ हामी संग ढुवानी गर्ने वजेट नहुदा औषधी पुग्न सकेको छैन । जिल्लाका ३८ वटा स्वास्थ्यसंस्थाहरुका लागि भर्खर मात्र ४७ लाख, ९५ हजार रुपैयाको औषधी भित्रिए पनि ति औषधी सम्वन्धीत स्वास्थ्यसंस्थाहरुमा अझै पुगेका छैनन । जिल्लामा पर्याप्त औषधी रहे पनि ढुवानीको अन्यौलका कारण ति औषधीहरुको उपयोग हुन सकेको छैन । गौतमले भन्नुभयो– गोदाममा वर्षदिन पुग्ने औषधी छ । तर स्वास्थ्यसंस्थाहरु औषधी लिन आउदैनन । गाउँपालिकाले पठाउदैनन । स्थानिय तहमा स्वास्थ्यसंस्था नगाभिदै प्रत्येक चौमासिक रुपमा सवै स्वास्थ्यसंस्थाहरु निमिति औषधी उपलव्ध गराउथ्यो । अहिले वजेट अभावका कारण औषधी ढुवानी रोकेका छौ । सम्वन्धीत स्वास्थ्यसंस्था र गाउँपालिकाहरुले ढुवानी गरी औषधी लैजान सक्ने छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्