‘म हीडेको बाटोले मेरै पालो कुरेछ ः महरा ’



 

जीवन नेपाली
दाङ, २५ कार्तिक । नजिकै आएको प्रतिनिधी र प्रदेश सभा निर्वानलाई मध्यनजर गर्दै संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुले पहाडी क्षेत्रमा पनि चुनावी सभा सुरु गरेका छन् । यसै क्रममा शनिवार दाङको पहाडी क्षेत्र बंगलाचुलीमा पुर्गेै नेपाल सरकार का उपप्रधानमन्त्रि एवं प्रतिनिधी सभा क्षेत्र नम्वर २ का उम्मेद्वार कृष्ण बहादुर महराले महराले भन्नु भयो,‘तत्कालीन युद्ध कालमा म यो ठाउँमा बसको छु ,यहाँका घरहरुमाछाक पनि टाँरेको छु । ’ द्वन्दकालिन समय स्मरण गदै महराले भन्नुभयो– यो वाटो अझै मै महरालाई कुरेको रहेछ । ’

हामी यहाँको ठाउँलाई हामीले नै विकास र सम्बृद्धी दिने छौ ।‘साथै उहाँले अहिले कार्यकर्ता र जनतामा बिभिन्न खालका संका उपसंकाहरुले छाएको भन्दै देशमा एउटा बलियो कम्युष्टि पार्टीको स्थापनाका लागि दुई पार्टीले चुनावी तालमेलमा आएको जानकारी गराउनु भयो । उहाँले भन्नु भयो,‘यसमा कुनै संका नगर्न आनुरोध गर्दछु ।’ महराले दाङलाई प्रादेशीक राजधानी र विकासको एउटा केन्द्र को रुपमा स्थानपना गर्ने आफुहरुको योजना रहेको भन्दै सबैलाई साथदीन अपिल समेत गर्नु भयो ।

यसैगरी सोही सभालाई सम्बोधन गर्दै क्षेत्रनम्वर २ एक ‘क’ का उम्म्ेद्वार शंकर पोख्रेलले ग्रामीण भेगका जनताको जीवन स्थर परिवर्तन र समाज परिवर्तन गर्नका लागि वाम गठबन्धनले काम गर्ने बताउनु भयो । उहाँले चुनाव जित्नका लागि मात्र माओबादी र एमाले ले गठबन्धन नगरेको भन्दै भविष्यमा एउटा वलियो कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जीवन,समाज र सिङ्गो राष्ट्रको आमुल परिवर्तन गर्ने दावी गर्नु भयो ।

सभालाई सम्बोधन गर्दै जनताको रगत र पसिना बाट आएको परिवर्तनलाई संस्थागत गर्नका लागि आफुहरु एकजुट भएर आएको उहाँको भनाई छ । जनताले अहीले पनि पुर्ण अधिकार पाउन नसेको भन्दै उहाँले,‘अव जनताको अधिकारको ग्यारेन्टी राजनीतिकदलहरुले ल्याउनु पर्ने बेलाआएको छ । यो ग्यारेन्टीका लागि अहिले आफुहरु एक ढिक्का हुन सवैमा आग्रह गर्नुभयो ।

यसैबिच सोही सभामा नेपाली कांग्रस परित्यागरी एक दर्जन बढी माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
जसमा रेशम बहादुर महरा,दोर्ण बहादुर महरा,डण्डीराम के.सी.,बल बहादुर महरा, रोम लाल नेपाली,गीर बहादुर बिष्ट,गोविन्द नेपाली,रण बहादुर बुढा,दामी वली,तील बहादुर वली,पदम वली,यमलाल रावत,नेमराज वली लगाएतका रहनु भएको छ ।

सभामा विभिन्न स्थानबाट सर्यौका संख्यामा स्थानीयवासीहरु को सहभागीता रहेको थियो । भने स्थानीय लोक झाँकीहरु प्रर्दशन गरीएको थियो । भने अखिल नेपाल जनसांस्कृृतीक महासंघका कलाकार टीमले सांस्कृतीक प्रर्दशनी राखेका थिए ।निर्वाचन परिचालन समितीका सयोजक लक्ष्मण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन निर्वाचन परिचालन समिती क्षेत्र नम्वर दुई एका सहसयोजक शुवास पुनले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्