वाम शिक्षकहरुको संयुक्त वैठक



सैघाली खबर
दाङ, २५ कार्तिक । वामपन्थी शिक्षहरुको शनिवार संयुक्त वैठक घोराहीमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनको संयुक्त वैठक सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष भागवत पौडेलको अध्यक्षता ए.व नेपाल सरकारका उपप्रधानमन्त्री कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता तथा नेकपा एमाले स्थायी कमिटि सदस्य एव पुर्व सुचना तथा सञ्ंचारमन्त्री शंकर पोख्रेलको विशिष्ट आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेताद्वयले वाम एकताको आजको आवश्यक्ता रहेको दर्शाउदै वाम एकताको पक्षमा मतदान गर्न र जनचेतना फैलाउन शिक्षकहरु लाई आग्रह गरेका थिए ।

वैठकले जिल्ला स्तरिय निर्वाचन परिचालन र क्षेत्रिय स्तरिय संयोजन समिति गठन गरेको छ । मोहन वंली र भागवत पौडेलको संयोजकत्वमा ६ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सदस्यहरुमा माधव महरा, अम्वीका रावत, दामोदर वस्नेत र हुकुम बुढाथोकी रहनु भएको छ । त्यस्तै भेलाले क्षेत्र स्तरिय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नं. १ संयोजकमा तिलक गिरी र सह–संयोजकमा विष्णु पौडेल , क्षेत्र न. २ को संयोजकमा मोहन अधिकारी र सह–संयोजकमा ज्ञानेन्द्र गौतम र क्षेत्र नं. ३ मा संयोजकमा गोविन्द घर्ति र सह– संयोजकमा झक्कुप्रसाद शर्मालाई तोकेको छ ।

त्यस्तै वैठकले जिल्लाका तीन वटै निर्वाचन भेला गर्ने निर्णय गरेको छ । क्षेत्र नं. १ को लमहीमा यही मंसिर १ गते, २ को २ गते घोराही र ३ को २ गते तुलसीपुरमा गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष बसन्त अधिकारी र नेपाल राष्ट्रिय शिक्षकका केन्द्रिय सदस्य प्रेम वली भनाई राख्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मोहन वंलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्