उम्मेदवार सुरक्षा र मतदाता शिक्षामा ध्यान दिन सञ्जालको आग्रह



 

सैघाली खबर

दाङ, २५ कार्तिक । मानवअधिकार सञ्जाल दाङले नागरिकको घरदैलोमा पुगेका उम्मेदवारमाथि आक्रमण हुन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका उम्मेदवारहरुको उचित सुरक्षाकालागि गम्भीर हुन सरकारसंग माग गरेको छ । 

शनिवार घोराहीमा बसेको सञ्जालको नियमित बैठकले लोकतन्त्रको आधार भनेकै निर्वाचन भएकाले जनताको घरदैलोमा पुगेका उम्मेदवारमाथि आक्रमण हुनु निन्दनीय कार्य भएको ठहर गरेको छ । साथै आफना ऐजेण्डा लिएर जनतामाझ जानकालागि उचित वातावरण बनाउन समेत वैठकले आग्रह गरेको छ । यसैगरी बैठकले दलहरुलाई निर्वाचन आचारसंहिताको पालना गर्न पनि आग्रह गरेको छ । चुनावी कार्यक्रमहरुमा वालवालिकाको प्रयोग नगर्न, विद्यालय, सडकलगायतका सार्वजनिक स्थानमा भेला, आमसभालगायतका कार्यक्रम नगर्न समेत आग्रह गरेको छ । साथै सञ्जालले मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोग र स्वयं दलहरुलाई पनि आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा दलहरुवीच द्धन्द्ध सिर्जना हुने खालका सामग्री आम सञ्चारका माध्यममा पनि आइरहेको भन्दै सञ्जालले सन्तुलित सूचना प्रवाह गरी निर्वाचनलाई सफल बनाउनतिर सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ ।  यसैगरी बैठकले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको सञ्चारमाध्यममा आएका खवरले सञ्जालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अत्यावस्यक औषधि उपलव्ध गराउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ । त्यस्तै बैठकले ओरेक नेपालले सञ्चालन गर्न थालेको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसम्वन्धि तालिममा मानवअधिकार सञ्जाल, मानवअधिकार निगरानी समूहका सदस्यहरुलाई सहभागि गराउने निर्णय गर्दै इन्सेकद्धारा सञ्चालित इएलपी कार्यक्रमको समिक्षा समेत गरिएको छ ।

सञ्जालका संयोजक केशव कुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा नागरिक समाज, इन्सेक, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,ओरेक, अपाङग मानवअधिकार एवं सरोकार मञ्च, महिला मानवअधिकार रक्षक सञ्जाल, खाद्यअधिकार सञ्जाल, कानून व्यवसायिहरुको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्