कम्युनिष्ट कार्यकर्ताहरुको अठोट ‘ ज्यान जाला विचार भुल्ने छैनौ ’



जीवन नेपाली
दाङ, २५ कार्तिक । बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का श्रीधर वलीको उमेरले ९५ पुगिसक्नुभयो । तर अझै उहाँको जोह उस्तै छ । शनिवार आयोजना गरेको चुनावी सभामा सहभागीता जनाउन उहाँको उमेरले छेकेन ।
उहाँको शरिरको अवस्था देख्दा लाग्छ भित्र बाहीर गर्न लौरौ र सयोगीको सहारा चाहिन्छ । तर उहाँको कम्युनिष्ट विचारलाई नत कुनै सहारा चाहीयो नत कुनै लौरो । वली आम सभामा सहभागी बन्न ९५ बर्षको उमेरमा पनि एक घण्टा पैदल हिडेर आईपुग्नु भयो ।

उहाँलाई यो उमेरमा पनि पार्टी प्रति यत्रो लगाव ? भन्दा उहाँ भन्नु हुन्छ,हिजो मेरो विचार र सहास जत्तीको थियो आज पनि उत्तीकै ताजै छ । यो जीवत शरिर मर्ला तर कम्युनिष्ट विचार सधै जिवीत रहने छ ।’उहाँ थप्नु हुन्छ, उमेरले डाँडामाथिको घाम बनाई सक्यो तर यो देशमा कम्युनिष्टहरुले लिएको परिवर्तन अझै हेर्न मन छ । हिजो राणाहरुको शासन हेरीयो, कांग्रेसहरुको शासन हेरीयो तर जनताले सुखको महसुस गर्न पाएनन् ।

पछि देशमा चलेको लामो संघर्ष,बलीदान पछि कम्युनिष्टहरुले यो देशमा लीएको परिवर्तनले केही आसा र भरोसा जगाएको छ ।’ अहिले पछिल्लो समयमा दुईवटा बाम शक्ती नेकपा माओबादी केन्द्र र नेकपा एमाले विचको चुनावी तालमेल र पछि एकता भन्ने खबरले आफु निकै उत्साहीत भएको बताउनु भयो ।

वलीले अव दुई शक्तिहरु अब एउटै पार्टी बनेर देशमा स्थायीत्व,शान्ति, शुसासन कायम गर्न सुझव दिनु भयो । श्रीधर वली मात्र होईन उहाँले संगै ९४ वर्ष की आनी श्रीमती पुना वलीलाई पनि साथमा लिएर आउनु भयो । दुवै जना संगै आउनु भएछ नी ? भन्ने प्रश्नमा पुना भन्नु हुन्छ,यो देशको परिवर्तन गर्ने नेताहरुलाई हेर्न आएको नी ।

उहाँहरुले चुनाव जितेर यो देशलाई परिवर्तन गर्नु हुने छ भन्ने आसा का साथ यो कार्यक्रममा सहभागी भएको हुँ ।’तत्कालीन जनयुद्धकालमा नेकपा मओबादीले आधार ईलाका बनाएको यस लोहारपानीका जनताले अहिलेको चुनाव र वामगठ बन्धनलाई निकै अर्थपुर्णरुपमा लिएका छन् । यहाँका अधिकांस जतानाहरुले अहिलेको वाम शक्तिमीलेर एउटै कम्युनिष्ट पार्टि बनाई देशमा स्थयी सरकार निर्माण गरेर यो देशको आमुल परिवर्तन गर्नु पर्ने माग यहाँका जनताको छ ।
संयुक्त वाम गठबन्धनको आम सभालाई हेर्ने मात्र यहाँका जनता उपस्थीत नभई निकै ठुलो आसा र अपेक्षा लीएर आएको बताउनुहुन्छ बंगलाचुली गाउँपालीका वडा नम्वर ५ निवासी ८४ वर्षीय विष्णु महरा । उहाँ भन्नु हुन्छ, यो उमेरमा म आज यो सभामा उपस्थीत हुनुको कारण पनि यही हो ।

नेताहरुको हौसला बढोस् चुनाव जितुन अनि यो समाज र सिङ्गो देशको परिवर्तन गरुन । हिजो कम्युनिष्ट भन्न पनि डराउनु पर्ने अवस्था थियो तर अजा कम्युनिष्ट हुँ भन्दा गर्व लाग्छ । यो देशको परिवर्तन गर्नेहरु पनि कम्युनिष्टहरुनै हुन् ।’
तर अर्का स्थानीय महावीर वली वाम गठबन्धनले हिजोका दिनहरुमा नेताहरुले जनता झुक्याए को स्मरण गर्दै अवको दिनमा त्यस्तो काम नगर्न नेताहरुलाई सचेत बनाउनु हुन्छ ।उहाँ भन्नु हुन्छ, यो गठबन्धन सधाको लागि भए निकै राम्रो हुन्छ तत्र चुनावमा भोटको लागि मात्र हो भने जनतालाई ठुलो धोखा हुन्छ यसमा सबै देशभक्त नेताहरु सजग हुनुको विकल्प छैन ।

हामी सबैको अपेक्षा र आसा भनेको देशमा कम्युनिष्टहरु पार्टीहरु मीलेर एउटै पार्टीहुनु पर्छ भन्ने हो । यो आसा निरासामा परिणत नहोस् यही कामना छ ।’ उहाँले हामी हिजोका दिनमा पनि कम्युनिष्ट थियौं भोलीका सन्ततीहरु पनि कम्युनिष्टनै बनेको देख्न पाईयोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्