सवारी दुर्घटना दाङमा एकको मृत्यु एक गम्भीर घाईते



सैघाली खबर
दाङ, २६ कार्तिक । आइतबार घोरहीमा भएको सवारी दूर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालीका डुम्बरगाउँ नजिकै रोल्पाबाट घोराही आउँदै गरेको ना ४ ख ५२३५ नम्बरको बसले रा १ ह १७२६ नम्बरको टेम्पोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

दूर्घटनामा परी रुन्टी रोल्पा स्थायी ठेगाना भएका हाल घोराही १३ बसोबास गर्ने ३० वर्षिय विक्रम सार्की को मृत्यु भएको हो । दूर्घटनामा परी अन्य तीन घाइते भएका छन् । घाइतेहरुमध्ये घोराही १३ हापुर निवासी ६० वर्षिय कालिकादेवी सुनार र सोही स्थानका ६५ वर्षिय ऋषिसिंह विकको थप उपचारका लागि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही दूर्घटनामा परी घाइते सामान्य भएका अमरबहादुर बम्पालको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार पछि घर फर्किसकेको प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्