मौलाउदै गर्भपतन



गिरिराज नेपाली
दाङ, २७ कार्तिक । छोरा भएका लाई छोरी र छोरी भएका आमाबाबुलाई छोराको ईच्छा होस् वा अनिश्चित रहेको गर्भधारण होस् । त्यसको सजिलो माध्यम नै गर्भपतन । राज्यले १२ हप्ता सम्मको गर्भलाई गर्भवती महिलाको ईच्छानुसार आकस्मीक सेवाको रुपमा मान्यता दिए पनि पछिल्लो समयमा सुरक्षित गर्भपतन संस्कृतिको रुपमा मौलाउदै गईरहेको छ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका अनुसार पछिल्लो २१ महिनामा मात्रै जिल्लामा एक हजार ४४ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । प्रजनन स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेहरुको सख्या वर्षेनी थपिदै गईरहेको छ । गत ०७२ पौष देखी ०७३ मसिर सम्मको एक वर्षको अवधिमा दाङमा पाँच सय ९८ जनाले गर्भपतन गराएको परिवार नियोजन दाङका शाखा प्रमुख बसन्त खनालले जानकारी दिनुभयो । जसमा १५ देखी १९ वर्ष सम्मका ३० जना, २० देखी २४ वर्ष सम्मका एक सय ४६ जना, २५ देखी २९ वर्ष सम्मका एक सय ८३ जना, ३० देखी ३४ वर्ष सम्मका एक सय ४८ जना , ३५ देखी ३९ वर्ष सम्मका ७२ जना, ४० देखी ४४ वर्ष सम्मका १६ र ४५ वर्ष माथिका ३ जना रहेका छन ।
त्यस्तै ०७३ मंसिर देखी ०७४ असोज सम्ममा पनि ४ सय ४६ जनाले गर्भपतन गराएका छन । जसमा १५ देखी १९ वर्ष सम्मका २२ जना, २० देखी २४ वर्ष सम्मका ९० जना, २५ देखी २९ वर्ष सम्मका एक सय ४१ जना, ३० देखी ३४ वर्ष सम्मका एक सय १० जना , ३५ देखी ३९ वर्ष सम्मका ६० जना, ४० देखी ४४ वर्ष सम्मका २३ जना रहेका छन । जसमा औषधी प्रयोग वाट दुई सय ५१ र उपकरण माध्यम वाट एक सय ९५ जना रहेका छन ।
कानुनले सुरक्षित रुपमा तोकिएका स्वास्थ्यसंस्थाहरु गर्भपतन सेवा दिईरहदा गर्भपतन लाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गर्दा सेवाको दुरुपयोग भएको छ । परिवार चेतना र स्वास्थ्य शिक्षाको अभावका कारण महिलाहरुले परिवार नियोजनको साधन रुपमा अपनाएको परिवार नियोजन संघका दाङका शाखा प्रमुख बसन्त खनाल बताउनुहुन्छ । जसका कारण सुरक्षित परिवार नियोजना सामाजिक विकृतिको रुपमा देखा पर्दै गईरहेको छ । उहाँले भन्नुभयो– ‘गर्भपतन साधन नभई आकास्मीक परिस्थितिजन्य सेवा हो । ’ तर यसलाई साधनका रुपमा प्रयोग गरिदै आईरहेको छ ।

दोहोरीदै किशोरी
सानै उमेरमा प्रेम विवाह, प्रेम सम्वन्धका र प्रजनन स्वास्थ्य अभावका कारण गर्भपतन गराउने किशोरीहरुको संख्या दोहोरीदै आईरहेको परिवार नियोजन दाङले जनाएको छ ।
स्वाभाविकैले एक पटक रहन गएको अनिश्चित गर्भ लाई कानुनी पतन गराउने सक्ने कानुनी मान्यता रहे पनि उक्त मान्यता लागु नभएको देखिन्छ । पछिल्लो ९ महिनामा मात्रै दाङमा एक सय २७ जना दोहोरीएका छन ।

जसमा १८ देखी २४ वर्ष उमेर समुहका वढि रहेको परिवार नियोजन संघका प्रमुख बसन्त खनालले जानकारी दिनुभयो । जसमा १८ देखी २४ वर्ष उमेर समुहका ६२ जना रहेका छन । भने २५ देखी ३५ वर्ष सम्मका ३६ जना रहेका छन । भने ३६ माथि २९ जना रहेका छन । गा्रमिण क्षेत्रका भन्दा शहरी क्षेत्रमा वसोवास गर्ने महिलाहरु दोहोरीने गरेका परिवार नियोजन संघकी सिनियर स्टाप नर्स प्रभा केसीले बताउनुभयो ।

जसमा ४० प्रतिशत अविवाहित महिला र ६० प्रतिशत विवाहित महिलाले दोहोरिने गरेको बताउनुभयो । जसका कारण महिलाहरु स्वास्थ्य जोखिम पनि वढ्दै गईरहेको छ । पटक– पटकको गर्भपतनले बाँझोपन र पाठेघरको क्यान्सर जस्ता समस्या देखापर्न सक्ने केसीले भनाई छ । त्यस्तैभ्रुण पहिचान गरी अस्वीकृत स्वास्थ्यसंस्थाहरु वाट गर्भपतन गराउनेहरुको सख्या पनि उत्तिकै रहेको छ । भ्रुण पहिचान गरी १२ हप्ता पछिको गर्भलाई जिल्ला वाहिर गई फाल्ने प्रचलन पनि रहेको उहाले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्