दमननाथलाई समर्थन नरहेको दाबी -बिजुक्छें



सैघाली खबर,
काठमाणडौ २७ कात्तिक।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई नेमकिपाको कुनै समर्थन नरहेको बताएका छन्।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेमकिपाका उम्मेदवारहरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेमकिपाले सशक्त रूपमा आफ्नै उम्मेदवार उठाएपछि आत्तिएर यस्तो हल्ला चलाएको बताए। बिजुक्छेंले त्यस्तो हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गरेका छन्।

बिजुक्छेंले गैरलोकतन्त्रवादीहरू मिलेर लोकतान्त्रिक गठबन्धन र गैरवामपन्थीहरू मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै उनले नेमकिपाले देश र जनताको अधिकार सुरक्षित गर्न उम्मेदवारी दिएको बताए।

उनले नेमकिपाको नाम प्रयोग गरेर ठगहरू सक्रिय भएको आरोप लगाउदै भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई सहयोग गर्छ भनेर कांग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गरे।

बिजुक्छेंले भक्तपुरमा कांग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई बिजुक्छें र नेमकिपाको समर्थन छ, भनेर कांग्रेसले र अन्य जिल्लामा वामगठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्ट पारे।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्