लागुपदार्थ सेवनको किटबाट मुल्यांकन



गोविन्द खड्का
दाङ, २७ कार्तिक । यदि कुनै व्यक्ति दुब्लाउदै छ । विद्यार्थी हो भने पढाइ कमजोर हुदैछ । कसैको अश्वाभाविक व्यवहार परिवर्तन देखिएको छ त्यसो हो भने लागुऔषधमा फसेको हुनसक्छ । खास कुरा पत्ता लगाउन युरिन किट आएको छ ।
एक महिना अघि उक्त युरिन किट आएको अभियान्ता बसन्त पुनले जानकारी दिनुभयो ।

गोरखा ईन्टरनेश्नल मावि घोराहीका शिक्षक समेत रहनुभएका पुनका अनुसार युरिन किट सानो छ । त्यसमा कोठै कोठा छन् । लाम्चो भागमा पिसाव हालीन्छ । अर्को तर्फ कोठा कोठा हुन्छन् । त्यसमा गाजा, चरेस, धतुरो भाङ, पेनकिलर औषधि, खोकीको औषधि, ट्याव्लेट, डिप्रेसनको औषधी, कोकिन, ब्रउन सुगर, हिरोयन के प्रयोग गरेको हो भन्ने संकेत देखाउछ ।

अभिवावकको सहमतिमा केहि वच्चाहरुको पिसाव जाच गरीएको अभियान्ता पुनले जानकारी दिनुभयो । उहाका अनुसार त्यसमा सबै जसो गाजा खानेहर फेला परेका छन् । आफ्नो बच्चाले लागु औषधमा फस्दै छ भन्ने संका गरेकाहरुले के खाएको भन्ने जान्नका लागि कुट्ने, पिट्ने, धम्काउने, शारीरीक मानसकि यातना दिने जस्ता बिधि प्रयोग गर्नुपर्दैन । युरिन किटले सजिलै पुष्टि गर्छ । अरु समस्या भएकोलाई अनाहकमा आरोप लगाउदा झन् नराम्रो पर्न सक्छ ।

मुत्यू र जेल अन्तिम विकल्प हुदा हुदै पनि लागु औषध फाईदा गर्ने चिजहो भनेर बच्चाले सिक्छन् । आफ्ना दौतरी, अफुभन्दा जान्ने बुझ्ने, पढलेख गरेका, आफुले ठुलो मानेका व्यक्तिहरुको व्यवहार उतार्न खोज्छ । उनिहरुका सबै गतिविधि ठिक हुन् भन्ने भ्रममा हुन्छ । खैनी, सुर्ति, जाड रक्सी सबै ठुला मान्छेले खाने शैली र त्यसपछिका अभिव्यक्तिको नक्कल गर्नमा ध्यान दिन्छ ।

 

जसका वावु आमा वास्ता गर्दैनन् । आफै दुव्र्यसनीमा फसेका छन् । उनिहरुले बच्चाले के गरेको छ ख्यालै गदैनन् । पहिलो दिन थाह भएन भने फेरी दोश्रोदिन पनि उसले लागु पदार्थ खान्छ ।

 

अभियान्ता पुनका अनुसार आफ्नो प्रयासले दुव्यसनी बाट निश्कन फसेको व्यक्ति कसैले पनि पनि सक्दैन । आफन्त वा अभिवावकले पिटेर, रोएर कराएर पनि छुटाउन सक्दैन । मुख्य उपाए उसको मुख बन्द गराउने हो । जहा उसले चाहेर पनि त्यसता कुरा खान नसकोस् । उसलाई अरुले पनि किनेर वा मागेर ल्याईदिन नसक्ने ठाउ चाहिन्छ । त्यो कि जेल कि सुधारगृह हो । सुधार गृह खर्च धेरै हुने भएकाले जेल आफन्तको बदनाम हुनाले दुवै उपयुक्त छैनन् ।
विरुवामा किरा लागेर ओईलाएको जस्तो अनुहार ओईलाएको छ भने लागुऔषधले चुसेको हुन्छ । मुहार फुर्सो देखिन्छ । अनुहारमा कुनै रस हुदैन । आफ्नो दैनिक जिवन स्याहार सम्हार गर्न नसक्ने भएको छ । कपाल काट्न, दाही खौरीन, नङकाट्न, नुहाउन, कोरीवाटि गर्न वास्ता गदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्