बंगलाचुली पर्यटकिय हव बनाउछु ः महरा



सैघाली खबर

दाङ, २७ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले वंगलाचुलीलाई दाङलाई यस क्षेत्रकै पर्यटनको हव बनाउन सकिने बताउनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले वंगलाचुलीको कमीरचौरमा आयोजना गरेको संयुक्त चुनावीसभालाई संवोधन गर्न पुगेका महराले स्थानीयहरुलाई आँफूले सरकारबाट पर्यटन केन्द्र बनाउनको लागि पहल गर्ने बताएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा पहलमा घोराही–मुकुर्टी सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै महराले वंगलाचुलीमा भ्यूटावर स्थापनाका लागि आँफूले पहल गर्ने बताउनुभयो

 

‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन मैले पहल गरिरहेको छु, अब दाङको जनसंख्या बढ्छ,’ महराले भने, ‘यहाँ गर्मी छल्लनका लागि पर्यटकहरु आउने छन् ।’ बंगलाचुली क्षेत्रका युवाहरु विदेशिने क्रम रोकेर स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने महराको भनाई छ ।

दाङको विकासका लागि आँफूले विगत देखि निरन्तर पहल गरिरहेको उल्लेख गर्दे महराले अबको पाँच वर्ष आँफूले समृद्ध दाङका लागि काम गर्ने स्पष्ट पार्नुभयो । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका महराले दाङमा वाम गठबन्धनले ९ औट सिटमा विजयी हासिल गर्ने दावि गर्नुभयो
एमाले स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र नं प्रदेशसभा २ (क) का उम्मेदवार शंकर पोख्रेलले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए । उनले दलाल पूँजीवादलाई परास्त गर्नुपर्ने धारणा राख्नुभयो । वाम गठबन्धनले मुलुककमा समृद्धि ल्याउने पोख्रेललको भनाई छ । कमिरेचौर पुगेका महरा र पोख्रेललाई हजारौं जनताले झाकि जुलुश सहित स्वागत गरेका थिए ।

माओवादी प्रवेश लहर
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी चटारो संगै वामगठन्धनको चुनावी सभा र घरदैलो संगै पार्टी प्रवेशको लहर पनि निकै चर्किएको छ । 

सोमवार मात्रै बंगालाचुली गाउँपालिकामा ७० भन्दा वढिले पार्टी प्रवेश गरेका छन । नेपाली काँग्रेस र नयाँशक्ति पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका छन । जसमा टेक वहादुर कसेरा, ऋषिराम कसेरा ईश्वरी वहादुर कसेरा, शान्ती कसेरा, भुम वहादुर खत्री, शोभाराज खत्री, खगेश्वर आग्री, बाधुरा आग्री, मान वहादुर विक, दिल वहादुर घर्र्ति, भिम वहादुर वुढा,पुनाराम खत्री, विष्णु टोमटा, हिमलाल टोमटा, डोमलाल टोमटा र शिवलाल पाण्डे नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादमिा प्रवेश गरेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्