कहिले आउछ मतदाता परिचय पत्र ?



सैघाली खबर
काठमाण्डौ २८ कार्तिक । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते ३२ हुने निर्वाचनका लागि दुई दिन अगाडि ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

त्यसैगरी दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिरकै १९ र २० गते परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ ।

यसअघि स्थानीय निर्वाचनको समयमा परिचयपत्र बुझेका मतदातालाई सोही परिचयपत्रले काम गर्ने र पहिलेको बाँकी तथा भाद्र ३ गतेसम्म मतदाता नामावलीलमा दर्ता भई भाद्र ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

परिचयपत्र आफूले मतदान गर्ने केन्द्रबाटै लिनुपर्ने आयोगले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्