वाम गठबन्धनले आजदेखि संयुक्त चुनावी सभा गर्दै



 

सैघाली खबर,काठमाणडौ २९ कात्तिक।– वाम गठबन्धनले बुधबारदेखि संयुक्त रुपमा चुनावी सभा गर्दैछ । मंसिरमा हुने चुनावको लागि गठबन्धनले १४ प्रमुख शहरमा चुनावी सभा गर्न लागेको हो ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा सम्बोधन गर्ने तय भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बुधबार गोरखा र लमजुङका चुनावी सभामा ओली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने तयारी छ ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई सम्बोधन उहाँहरुले सम्बोधन गर्नुहुनेछ । जसअनुसार बुधबार गोरखा र लम्जुङमा सम्बोधन गर्ने ओली र प्रचण्डाले बुधबार बागलुङ र स्याङ्जा हुँदै मंसिर २ गते दमक, ३ गते काँकडभिट्टा र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

यस्तै सुदूर पश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धनगढीमा हुनुहुन्छ, मंगलबार नेपालगन्ज पुग्नुभएका देउवा बिहीबार गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ । त्यसपछि मंसिर १ गते दार्चुला र बैतडी, २ गते बझाङ्ग र बाजुरा त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्