जर्मनीमा बन्दुकधारीको आ क्रमणबाट ८ जना मा रिए



काठमाडौं । जर्मनीका २ बारमा ब न्दुकधारीले गो ली चलाउँदा ८ जनाको मृ त्यु भएको छ । जर्मनको पश्चिम सहर हनाउका २ बारमा स्थानीय समयानुसार गएराति १० बजे घटना भएको हो । घटनामा ५ जना घा इते भएका छन् ।

स्थानीयले बताएअनुसार, सुरुमा हनाउस्थित सिसा बारमा गो ली चलेको थियो । त्यहाँ ३ जनाको मृ त्यु भएको जनाइएको छ । त्यसपछि ब न्दुकधारी हनाउनकै केसेल्सटाटस्थित अर्को बार पुगेका थिए । त्यहाँ ब न्दुकधारीको गो ली लालगेर ५ जनाको मृ त्यु भएको बीबीसी समाचारमा उल्लेख छ ।

घटना कसले र किन गरायो भन्ने भन्ने खुलेको छैन । घटनामा संलग्नले छाडेका केही प्रमाणका आधारमा जर्मनस्थित प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । दुवै क्षेत्रमा हेलिकप्टरबाट गस्ती भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्