संयुक्त बाम गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन



 

सैघाली खबर,हापुरे १, मसिंर ।।

बबई गाउँपालिकाको संयुक्त बाम गठबन्धनको सम्पर्क कार्यालय आज हापुरेमा उद्घाटन गरीएको छ । संयुक्त बाम गठबन्धनका बबई गाउँपालिका संयोजक डिल्लीबहादुर बुढाथोकीको अध्यक्षता, नेकपा एमाले दाङ जिल्ला सचिब तथा प्रतिनिधि सभा दाङ क्षेत्र नं। ३ का उम्मेदवार हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा तथा नेकपा एमाले दाङ जिल्ला सचिबालय सदस्य तथा प्रदेश सभा दाङ क्षेत्र नं। ३ ख का उम्मेदवार उत्तरकुमार वलीको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिराचन्द्र केसीले पश्चिम दाङको समृद्ध बिकासका लागि आफुले आफ्नो तर्फबाट पहल गर्ने बताउनु भएको छ । आफुले क्षेत्र नं। ३ को बिकासका लागि आफुले शिक्षा, स्वास्थ्य, यातायातको बिकासलाई प्राथमिकताका साथ राखेको बताउनुभएको छ । साथै उद्घाटन कार्यक्रममा बोल्दै केसीले क्षेत्र नं ३ मा बिकासका पूर्वाधारको बिकास सहितको शहरको परिकल्पना गरेको बताउनु भएको छ ।

जस्का लागि बाम गठबन्धनका उम्मेदवारहरुको अनिवार्य जित आबश्यक रहेकोले बाम गठबन्धनलाई बिजय गराउन महत्वपूर्ण भूमिका खेल्न सबैमा आग्रह गर्नुभएको थियो ।उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपा एमाले दाङ जिल्ला सचिबालय सदस्य तथा प्रदेश सभा दाङ क्षेत्र नं। ३ ख का उम्मेदवार उत्तरकुमार वलीले २६ बर्ष सम्म शासन सत्ता सम्मालेर पनि देशको बिकास गर्न नसकेको आरोप लगाउनु भयो । साथै उहाँले नेपाली काङ्ग्रेसले गरेको प्रचारको जस्तै बिकासका प्रमाणहरु कहीँ नभएको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै वलीले दाङ सुर्खेत सडक खण्ड २०४९ सालमा पञ्चबर्षिय योजनामा परेको बताउँदै त्यसलाई केही सामन्तहरुका भरौटेहरुले कमिसन खाने योजना बनाएको आरोप लगाउनु भयो । पश्चिम क्षेत्रको सडकको धरोहरको रुपमा रहेको दाङ सुर्खेत सडक खण्डलाई टालटुल पारीएको प्रति खेद प्रकट गर्नुभयो । द्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका जुझारु युवा नेता टिकाराम परियार बाम गठबन्धनमा प्रबेश गर्नुभएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले टिका अबिर लगाई बाम गठबन्धनमा प्रबेश गराउनु भएको हो । समानुपातिक उम्मेदवार पुनम सेर्पाइली, धमकली चौधरी, बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेललगायतले बोल्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले, नेकपा माओबादी, नयाँ शक्तीलगायतका पार्टीका सयौँ बामपन्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्