दिनभर जन्मदिनको शुभकामना पाएका प्रधानमन्त्री ओलीको केकले चौतर्फी आलोचना , ‘मेरो देश जन्मदिनको केक होइन !’

आलोचनाले तात्यो समाजिक सञ्जाल


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफैले जारी गरेको पार्टीको आचारसंहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे । प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।

आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो । नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।कतिले उनलाई ‘रगत प्यूने शासक’ भने त कतिले उनलाई ‘यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक’ नगर्न सल्लाह पनि दिएका छन् ।

केक अगाडि राखिएको प्रधानमन्त्रीको फोटो सेयर गर्दै पत्रकार, नेतालगायतका सर्वसाधारणले आफ्नो असन्तुष्टि पोखेका छन् । जन्मोत्सव नेकपाकै आचारसंहिता उल्लंघन गरी मनाएको भन्दै आलोचना भइरहेका बेला एकाएक समाजिक सञ्जालमा पोस्ट्याइएको फोटो भने झनै भाइरल बनेको हो। यो सँगै प्रधानमन्त्रीको आलोचनामा समाजिक सञ्जाल तातेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्