जनताका समस्या बुझ्न गाउगाउमा अपार,, ८० बर्षीया बृद्धाले उम्मेदवारसंग बृद्धभत्ता मागिन



दिपक बोहरा ।

दाङ १ मंसिर  ।

बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका माओवादीका नेता जग प्रशाद शर्मा ‘अपार’ जनताका समस्या बुझ्न गाउगाउमा पुग्ने गरेका छन् । त्यसैक्रममा उनी बिहिबार तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुर पुगे । त्यहाँका अधिकांस नागरिकले बिकास र सम्बृद्धि मागे । उनीहरुका मागहरु सडक कालोपत्रे, खानेपानी, सिंचाईको सुबिधा उपलब्ध हुनुपर्ने ः यस्तै यस्तै थिए । तर त्यहाँकी ८० बर्षीया एक बृद्धा आमाको पीडा फरक थियो ।

उम्मेदवार अपारसंग उनले फरक माग राखिन् । उनले उम्मेदवारसंग बिकास मागिनन् । उनको माग थियो बृद्धभत्ता । सरकारले ७० बर्षमा भएदेखी बृद्ध भत्ता प्रदान गर्छ । तर तुलसीपुर १४ ड्वाङपुरकी कमारी देवी रावतले अहिले सम्म बृद्ध भत्ता खान पाएकी छैनन् । त्यसैले उनले उम्मेदवार अपारसंग बृद्धभत्ता उपलब्ध गराईदिन माग गरिन् ।

उनले साबिक सैघा गाबिस ४ मा बसोबास गर्दा भत्ता पाईरहेको भएपनि त्यहाँ बसाईसराई गरिसकेपछि अहिले सम्म पनि सरकारले बृद्ध भत्ता उलब्ध नगराएको उनले बताईन् । वडा कार्यालयमा पुग्दा यो या त्यो बाहाना बनाएर बृद्ध भत्ता उपलब्ध नगराएको उनका छोरा बुद्धिराम रावतले बताए । त्यस अबशरमा उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले ती बृद्धलाई बृद्धभत्ता उपलब्ध गराउन पहल थाल्ने प्रतिबद्धता जनाए ।

यसैबीच बामगठबन्धन दाङ क्षेत्र नंं ३ को चुनाब प्रचार प्रसारलाई तीब्रता दिईएको छ । बिहिबार मात्रै तुलसीपुर उपमहानगरपालिका ६ को गोलौरा, शिखरकोलनी, गाईडहर, १४ को ड्वाङपुर, डुरुवा, १२ को क्वाङीमा चुनाबी कोण सभा तथा कार्यकर्ता प्रशिक्षण गरिएको माओवादी केन्द्रका नेता खुसीराम चौधरीले जानकारी दिए । ती चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार अपारले देशमा अस्थिरता पैदा गर्न चहाने शक्तिहरुले षड्यन्त्र गरिरहेको बताएका छन् । उनले यथास्थितबादी पार्टीहरुले अहिले मतदातालाई लोभलालच देखाएर खरिद बिक्रि गर्न खोजिरहेको आरोप लगाए ।

‘ परिबर्तन नचहाने शक्तिले जनतालाई भेडा बाख्रा सम्झेर खरिद बिक्रि गर्न खोजिरहका छन्,उनले भने ’ यसमा जनता सचेत रहन आबश्यक छ ।’ अहिले बामगठबन्धनले समृद्धिका एजेण्डा ल्याएर आउँदा काग्रेसले चुनाबमा हार्ने निश्चित भएपछि जनतालाई खरिद बिक्रि गर्न खोजिरहेको उनको भनाई छ । ​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्