महरा, बर्षमान र ओनसरीलाई लक्षित गरी रोल्पामा बम प्रहार,



सैघाली खबर,
रोल्पा १ मसिंर।
नेकपा माओवादी केन्द्रका नेताहरु चढेका गाडीमाथि लक्षित गरी रोल्पाको भदौरेमा बम प्रहार भएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा, सभाभुखओनसरी घर्ती र पूर्वअर्थमन्त्री बर्षमान पुन चढेका गाडीमाथि लक्षित गरी बम प्रहार गरिएको छ ।

माथि भीरबाट प्रहार गरिएको बम नेताहरु चढेको गाडीभन्दा डेड सय मिटर टाढा पड्केको थियो । । यो ठाउँ लिवाङभन्दा १० किलोमिटर टाढा हो । घटनास्थल नजिक भेटिएको अर्को बम प्रहरीले निष्कृय पारेको छ ।

सुरक्षाकर्मीले दुई राउण्ड जवाफी फायर गरेका थिए । नेताहरुको टोली सुरक्षित लिवाङतर्फ प्रस्थान गरेको छ भने सशस्त्र प्रहरीले घटनास्थलमा खोजतलास शुरु गरेको सुरक्षास्रोतले जनाएको छ ।

आज रोल्पाको लिवाङमा हुने जनसभामा भाग लिन नेताहरु त्यसतर्फ जाँदै गर्दा बाटोमा आक्रमणमा परेका हुन् । आक्रमणको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सुरक्षा स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्