राजधानीको बाफलमा मध्यरात श्रीमती र १५ वर्षीया सालीमाथि एसिड प्रहार, अवस्था नाजुक



काठमाण्डौ । राजधानीको बाफलमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् । गोरखा घर भएका २९ वर्षीय शिव रम्तेलले मदिराको सुरमा आइतबार राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीया सालीमाथि एसिड छ्यापेका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

राति अबेर घर फर्केका उनले श्रीमतीसँग भनाभन भएपछि ट्वाइलेटमा रहेको एसिड ल्याएर छ्यापेका थिए । उनलाई रोक्ने क्रममा सालीको आँखा र शरीरमा एसिड परेको छ । रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा श्रीमानको डरले उजुरी दिन आनाकान गरेकी सुनिताले प्रहरीले सम्झाएपछि मात्रै किटानी जाहेरी दिएकी छन् ।

तर, सुरुमा किटानी जाहेरी दिने पीडितले श्रीमानले जानीजानी एसिड प्रहार नगरेको र त्यो एउटा सामान्य दुर्घटना भएको बताउन थालेकी छन् । ‘मेरो बुढा हो, मलाई थाहा छ उसको कुरा’ उनले भनिन्, ‘यो कुरा खोतल्न जरुरी छैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्