बहुदल नै राजालाई बुझाउनेहरुले अधिनायकवादको भूत देख्नु नौलो कुरा होइनः प्रभाकर



 

सैघाली खबर
रुकुम १ मंसिर । वामगठवन्धन पश्चिम रुकुमका प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले वहुदलीय व्यवस्था राजतन्त्र समक्ष सुम्पनेहरुले वामएकतालाई अधिनायकवादको संज्ञा दिएको वताउनुभएको छ । आफुहरु अधिनायकवादका विरुद्धको लडाई लडेर आएको चर्चा गर्दै नेता प्रभाकरले आगामी निर्वाचनवाट दुईतिहाई वहुमत पुष्टि गर्ने दावी गर्नुभयो ।

पश्चिम रुकुमको सदरमुकाम मुसीकोटमा आज सम्पन्न वामगठवन्धनको चुनावी सभालाई सम्वोधन गर्दै नेता प्रभाकरले वामएकताको पक्षमा देशैभर जनलहर श्रृजना भएको वताउनुभयो । राजनीतिक स्थायित्व कायम गर्न सकिएमा १० वर्षभित्र मुलुकको समृद्धिमा कायापलट ल्याउन सकिने उहाँको भनाई छ ।

उम्मेद्धार प्रभाकरले आफुले रुकुमको समृद्धिका लागि ५ वर्षे मार्गचित्र कोरेको वताउदै कार्यान्वयन गरिछाडने वताउनुभयो । शिक्षा र स्वास्थ्य जनताको मौलिक हक भएको वताउदै नेता प्रभाकरले गुणस्तरीय र प्राविधिक शिक्षा आफनो प्राथमिकतामा रहेको वताउनुभयो ।
द्दघठछठछघड)ज्ञटद्दद्धद्धज्ञटढज्ञठटण्ढठढज्ञ)ज्ञठछण्ण्ढज्ञटज्ञट)य
यसैगरि नेता प्रभाकरले प्राविधिक तालिम, जलविद्युतमा शेयर वितरण, कृषिजन्य उद्योगको विकास जस्ता कार्यक्रम संचालन गरेर वेरोजगारीको समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुसीकोट वजार १ वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने, मुसीकोट, चौरजहारी र आठविसकोटलाई आधुनिक सहरको रुपमा विकास गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । आफना प्रतिस्पर्धीलाई संकेत गर्दै नेता प्रभाकरले राजनैतिक एजेण्डा नै नभएको कारण विरोधीहरुले मतदाता रिझाउन भ्रमको सहारा लिइरहेको आरोेप लगाउनुभयो ।

तुलनात्मक रुपमा वामगठवन्धन कमजोर रहेको मुसीकोट नगरपालिकामा आजको चुनावी सभामा देखिएको जनसहभागिताले जनलहर गठवन्धनको पक्षमा उर्लिएको देखिन्छ । स्थानिय निर्वाचनमा प्राप्त गरेको मत समेत काँग्रेसले यो निर्वाचनमा गुमाउने पक्का भएको छ ।

चुनावी सभालाई एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा, अर्का प्रमुख नेता शेरवहादुर केसी, प्रत्यक्ष तर्फका क्षेत्र नं। १ उम्मेद्धार रातो कामी, प्रदेश सभाकी समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओलीले पनि सम्वोधन गर्नुभएको थियो । आज सम्पन्न चुनावी सभा संगै वामगठवन्धन पश्चिम रुकुमका स्थानिय तह स्तरीय चुनावी सभाका कार्यक्रम सकिएको गठवन्धनले जनाएको छ । गठवन्धनको प्रचार टोली अव मतदाताको घर घरमा पुगेर घरदैलो तथा मतदाता शिक्षा कार्यक्रममा लाग्ने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक राजकुमार शर्माले जानकारी दिनुभयो ।

सिस्ने अनलाईन वाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्