प्रकाशको अपरान्ह चारबजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने



सैघाली खबर
काठमाण्डौ ३ मंसिर । दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उनको शरिरलाई साढे १ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । उनका अनुसार आजै अपरान्ह चार बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५ः५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५ः५९ मिनेटमा मृत घोषणा गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्