अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले देशवासीलाई छोडे यस्तो सन्देश



काठमाडाैं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन्। उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्।

प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन। आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन्,‘यो सजिलै हुने मेरो विश्वास छ।’ आफूले नेपालीका मुर्छित सपनाहरू जागृत गरेको भन्दै ती सपनाहरूलाई बीचमै छोडेर आफू अलप नहुने बताए।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी होइन। हाम्रा जागृत सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरू बुझ्नु नै भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्।

आफूले कहिले निरंकशुताविरूद्ध, कहिले राष्ट्रियता र कहिले स्थायित्व नचाहने शक्तिसँग संघर्ष गर्दागर्दै शरीरभित्र विकसित भएका विविध रोगको उपचार गर्न बाध्य भएको ओलीको भनाइ छ। उनले आफ्नो उपचार सफल हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन्।

‘केही दिनको अस्पताल बसाइँ र आरामपछि नयाँ ऊर्जा लिएर काममा फर्किनेछु। यसबीचमा सरकारका सबै काम अघि बढ्ने छन्,’ प्रधानमन्त्रीले भनेका छन्,‘कोरोनाको नयाँ समस्यासँग जुध्न पनि संयन्त्र मिलाएको छु। आवश्यक पर्दा सबै निर्णय गर्न सक्ने प्रबन्ध गरिएको छ।’ उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

उनकै शब्दमा….

‘आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, मेरो सिङ्गो जीवन कुनैन कुनै किसिमको संर्घषमा वित्दैआएको छ । कहिले निरब्कुशताविरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिलेदेशमा स्थायित्व नचाहनेर हुन नदिनेहरुसँगकोसंघर्ष । मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसंग निरन्तर जुध्नेक्रममा शरीरभित्र सिर्जित रोगसंग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नैछ । यसैसन्दर्भमा, आज भन्दा झण्डै१२ बर्ष अघि मेरा दुवैमृगौलालेकाम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिवेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणकोसुविधा थिएन ।

पर्सी फागुन २१ गतेबुधवार फेरि मैलेमृगौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजैत्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुदैछु। विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुनेमैले विश्वास लिएकोछु। त्यसमाथि आप्mनैमुलुकमा आप्mनैदेशका अनुभबी चिकित्सकहरुद्धारा प्रत्यारोपण गराउनेसुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तैखुशी पनि छु।

भनिन्छ नि, आशाकोदियोबलिरह्योभनेशान्ति, प्रेम र विश्वासकोजग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफुलाई उभ्याउनुभयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी
खेलकोबीचमा ।।।राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन ।

मेरोयोसंकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदैगरेका सपनालाई साकार पार्नका लागि होभन्नेयहाँहरुले बुझ्नु नैभएको छ । म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ।।।समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल वसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु। यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबैकाम नियमित रुपमा अघि बढ्नेछन्।

विश्वलाई नैपिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्नेसंयन्त्र र अन्य व्यवस्था मिलाएकोछु। मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता÷कार्यकर्ता, साँसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु। मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेक्षुकहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्