छोरा प्रकाशलाई दिए प्रचण्डले दागबत्ती



 

सैघाली खबर
काठमाण्डौ ३ मंसिर । आइतबार बिहान निधन भएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । प्रकाशलाई पिता दाहालले दागबत्ती दिएनु भएको थियो । स्वं. दाहालको आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ । उहाँको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उहाँको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनु भएको थियो । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्