अहिलेको चुनाब सम्बृद्धिको यात्रालाई गतिदिने स्वर्णीम अबशर



सैघाली खबर,
तुलसीपुर ४ मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ का उम्मेदवार जग प्रशाद शर्मा ‘अपार’ले प्रतिनिधि र प्रदेशसभाको चुनाब बिकास र सम्बृद्धिको यात्रालाई गति दिने स्वर्णीम अबशर भएको बताएका छन् । अहिलेको निर्बाचनबाट बामपन्थीले दुई तिहाई बहुमत हात पारी देशलाई पाँच बर्षमा सम्बृद्ध र बिकसित बनाउने भन्दै बामपन्थीको एजेण्डामा हातेमालो गर्न मतदातालाई आग्रह गरे । आईतबार तुलसीपुर ४ का बिभिन्न स्थानमा भएका चुनाबी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले अहिलेको निर्बाचनलाई ऐतिहाँसिक बनाउँदै देश र जनताको पक्षमा जनप्रतिनिधिहरु ईमान्दारिताका साथमा क्रियाशिल भईरहने अभिभारा बाम गठबन्धनले मात्रै बहन गर्न सक्ने बताए । साथै उनले माओवादी केन्द्रका नेता पुष्प कमल दाहाल प्रचण्डका छोरा प्रकास दहालको असहमायीक निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदन प्रकट गरेका छन् ।
आईतबार तुलसीपुर ४ को रक्षाचौर, बनहरी, खाद्रे, माथिल्लो हलवारमा चुनाबी सभा भएको निर्बाचन परिचालन कमिटिले जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्