कोरोनाको प्रभाव : जिल्ला अस्पताल त्रिशूलीमा आइसोलेसन कक्ष स्थापना




कोभिड–१९ अर्थात कोराना भाइरसको संक्रमणको त्रास नुवाकोटमा पनि देखिएको छ । दुई मुलुक चीन र भारतबिच त्रीदेशिय मार्गको रुपमा बिकास भईरहेको नुवाकोटका नागरिक रोगको संक्रमण देखिने होकी भनेर त्रसित बनेका छन् ।

संसारभर आतंकका रुपमा फैलिएको कोरोना भाइरस भित्रिसकेको नभए तापनि रोकथामको पुर्व तयारी स्वरुप संक्रमण नियन्त्रण तथा फैलन नदिन सम्भावित व्यक्तिको निगरानीका लागि जिल्ला अस्पताल त्रीशुलीले बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसन वार्ड स्थापना गरेको छ ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरुको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला अस्पताल त्रीशुलिका मेडिकल सुपरिन्टेन्डेन्ट रेमकुमार राईले बताए । परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, डिजिटल थर्मो्मिटरलगायत आवश्यक सामग्री उपलब्ध छ, राईले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्