चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि



कोरोना भाइरसको संक्रमण अहिलेसम्म चार नेपालीलाई लागेको पुष्टि भएको छ । नेपाल र अस्ट्रेलियामा एक एक तथा यूएईमा दुई नेपालीलाई कोरोना लागेको पुष्टि भएको हो ।

नेपालमा कोरोना लागेका व्यक्ति चीनबाट फर्किएका थिए । ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । यद्यपि, उनी अहिले पूर्ण स्वस्थ भइसकेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्