चुनावी सभालाई सम्बोधन गर्न ओली र बादल दाङ आउँदै



सैघाली खबर
दाङ, ५  । भोली ६ गते बुधवार बाम गठबन्धनको संयुक्त चुनावी सभा हुने भएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री एवं दाङ २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा कृष्णबहादुर महरा, एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश २ १ का उम्मेदवार एमाले नेता शंकर पोख्रेललगायतले सम्वोधन गर्ने गठबन्धनले जनाएको छ ।
जिल्ला समन्वय समिति पछाडिको सहिद मञ्चमा दिउँसो १२ बजे सभा शुरु हुने बाम गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । ट्राफिकचोक, तुलसीपुर चोक र तीनकुने नयाँ बजारबाट छुट्टाछुट्टै जुलुश शुरु हुने र जिल्लाका सबै गाउँबाट जनताको सहभागिता रहने गठबन्धनले जनाएको छ ।
यसैबीच जिल्ला निर्वाचन परिचालन समितिको तर्फबाट नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले संयुक्त विज्ञप्ती जारी गरी कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्