बुवाको ब्यबसायीक बिडो थाम्दै बिरु



दिपक बोहरा, दाङ ५ मसिंर।
तुलसीपुरका सफल तथा चर्चित ब्यबसायी हुन बिर बहादुर रावत ( बिरु) उनी तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष पनि हुन् । २०६२ देखी २०७४ सम्म उनी तुलसीपुर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षको भुमिकामा थिए । २०७४ मा भएको भएको अधिबेशनबाट उनी तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा निर्बाचित भए । उनी निकै ईमन्दार, कर्तब्यशिल, लगनशील ब्यबसायीका रुपमा परिचय पनि बनाईसकेका छन् ।

सल्यान जन्म घर भएका बिरु २०४९ सालमा पढाईको शिलशिलामा दाङ झरे । सल्यानमा माध्यामिक शिक्षा हाँसिल गरेका उनी उच्च शिक्षाका लागि दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराही आए ।

उनले त्यहाँबाट २०५४ सालमा डिप्लोमा सम्मको पढाई पुरा गरे । त्यसपछि उनी ब्यबसायमा होमिए । उनका बुवा हालको सल्यान शारदा नगरपालिका १३ को मोख्लामा खाद्यान्न ब्यबसाय गर्थे ।

त्यसबाट पनि बिरुलाई ब्यबसाय गर्ने प्रेरणा मिलेको थियो । उनले २०५४ सालमा साबिक तुलसीपुर नगरपालिका ५ ‘ग’लाईनबाट खाद्यान्नको थोक बिक्रेता शुरु गरेका हुन् । उनी मात्रै होईन्, उनका पाँच भाई मध्य जेठा बाहेक अन्य चार भाई ब्यबसायमै छन् । ६ बर्ष सम्म उनले खाद्यन्न ब्यबसायलाई नै निरन्तरता दिए । त्यस पछि उनले २०६० सालमा तेल उद्योग सञ्चालन गरे ।

उक्त उद्योग बाट उनले राप्तीसहित बिभिन्न जिल्लामा ढुवानी गर्न थाले । र अहिले त्यही ब्यबसायलाई निरन्तरता दिदै आएका छन् । बुवाको भनाईबाट प्रभाबित भई ब्यबसायमा आएका उनको सुरक्षा फौजमा जागिर खाने सोँच थियो । उनको शारिरीक वनावट पनि शुरक्षा फौजमा जागिर गर्न उपयुक्त थियो । तर बुवाले उनलाई ‘ब्यबसाय गर्न सक्ने स्वभाब छ, भनेपछि उनी ब्यबसाय तिर नै चासो राख्न थाले । त्यसपछि उनले सुरक्षा फौजको जागिर खाने कुरालाई थाति राखे र ब्यबसाय शुरु गरे ।

ब्यबसायबाट अहिले उनी स्थापित भएका छन् । ब्यबसायसंगसंगै उनले सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । उनी यहाँका दर्जनबढी सामाजिक संस्थामा आबद्ध छन् । रोटरी क्लब अफ तुलसीपुरको २०१६–०१७ को अध्यक्ष , राप्ती अञ्चल ट्रेक्टर ब्यबसायी समितिको उपाध्यक्ष, संयुक्त ट्रक ब्यबसायी समितिको सल्लाहकार भए ।

त्यस्तै उनी जिल्लाका बिभिन्न सहकारी संस्था, सञ्चार माध्यामलगायतका सामाजिक संघसंस्थामा आबद्ध छन् । अनुसासन, ईमन्दारीता, आत्मबिश्वासले गर्दा नै आफु सफल ब्यबसायी बन्न सफल भएको बताए । ब्यबसायमा सफल हातपार्न ती कुराहरु अपरिहार्य रहेको उनको भनाई थियो । उनका अनुसार ब्यबसायको शुरुमा केही कठिनाई भएपनि उदेश्य प्राप्तीका लागि दृढ बिश्वासका साथ लागेमा अबस्य सफल हात पार्न सकिन्छ । अझै पनि ब्यबसायका बिभिन्न समस्या रहेपनि त्यस्ता समस्या हल गर्न ब्यबसायीक एकताको खाँचो रहने उनले बताए । चन्दा आतंक, झन्झटिलो कर प्रणाली, बिभिन्न राजनीतिक आन्दोलनलगायतका समस्याहरु ब्यबसायीले झेल्नु पर्ने उनको भनाई छ ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रावतले यहाँका ब्यबसायको हकहितका लागि गरेको योग्दानले गर्दा नै अहिले ब्यबसायीहरुको नेतृत्व गर्ने स्थान सम्म पुग्न सफल भएको बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्