६ जनालाई कोरोनाको आशंकामा राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा



नाेबल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको हाे।

उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले बताए।

यसअघि काेराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिँदा करिब साढे ४ सयकाे ल्याब परिक्षण गर्दा एकजना बाहेक कुनैमा पनि काेराेनाका लक्षण पाइएकाे छैन। एकजनामा लक्षण देखिएकाेमा ती व्यक्ति पनि निकाे भइसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्