स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा



टेकबहादुर पुन,दाङ्ग । फाल्गुन २९ गते विश्व मृगौला दिवस् । देशैभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । रोटरी क्लब द्वारा सञ्चालित दाङ्गको लमही स्थित डायलाईसिस सेन्टरले पनि बिहिबार मृगौला दिवसको अबसर पारेर जनचेतना मुलक य्राली निकालेको हो ।

“स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा, रोगको पहिचान र रोकथाम हाम्रो अभियान” भन्ने नारा सहित जनचेतना मुलक य्राली निकालिएको रोटरी क्लब अफ लमहीका सहसचिब दुलामदास् चौधरीले जानकारी दिए । य्रालीमा गोरखा ग्रुप द्वारा सञ्चालित स्वर्णिम क्याम्पस तथा अन्य बिद्यालयका विद्यार्थी, राजनितिक दल, समाजसेवी, बुद्दीजिवी, स्वास्थ्यकर्मि, जनप्रतिनिधि, पत्रकार, शिक्षक लगायतको उपस्थिती थियो । करिब २ सय ५० बढी उपस्थित रहेको य्रालीले लमही बजार परिक्रमा गरि डायलाईसिस सेन्टर रहेको स्थान रातोडाँडामा गई कोण सभामा परिणत भएको थियो ।

य्रालीलाई प्लेकार्ड र पञ्चेबाजा सहितले रोनक बनाईएको थियो भने उपस्थित सबैले मास्क लगाएका थिए । रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल अाचार्यको शभापतित्व तथा लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले लमहीमा खुलेको डायलाईसिस सेन्टर सबैको सेवाको पहुँचमा रहेको र नजिकमा सुबिधा लिन पाउँदा खुसी ब्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्