दुई हप्ता साउदी आउजाउ नगर्नू : दूतावास



काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले बिदामा रहेका नेपाली कामदारलाई २ साता आउजाउ नगर्न सुझाव दिएको छ ।
विश्वव्यापी रूप लिएको कोरोना भाइरसबाट जोगिन साउदीले २ साता हवाई सेवा स्थगन गरेलगत्तै त्यहाँस्थित नेपाली दूतावासले बिदामा रहेका नेपालीलाई यथाअवस्थामै रहन निर्देशन दिएको हो ।

‘आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर बिदामा नेपाल जाने तथा घर बिदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले पुनः श्रमस्वीकृति सिफारिशसँगै वहिर्गमनसम्बन्धी आवेदन संकलनका कार्यसमेत स्थगन गरेको छ । यो सेवा कार्य नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्मामस्थित जनसम्पर्क अधिकारीबाट प्रवाह हुँदै आएको थियो ।

विश्वव्यापी रूप लिइरहेको कोरोना साउदी अरबमा पनि देखिएको छ । यसबाट जोगिन सतर्कता अपनाएको उसले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्