राप्तीमा कोभिड १९ बाट बच्न र बचाउनका लागि अभियान सुरु




चैत्र ४,देउखुरी/दाङ
दाङको राप्ती गाउँपालिकामा विश्व ब्यापी रुपमा समस्याको रुपमा बढ्दै गएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट बच्न र बचाउनका लागि अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले पुर्ण सतर्कता अपनाउन विभिन्न अभियान सुरु गरेको हो ।

विपद ब्यवस्थापन समिति संयोजक बेद प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी उपायहरुको खोजी गरेको छ । कोरोना भाईरस केहो, यसको लक्षण, लाग्न सक्ने सम्भाब्यता, सर्ने तरिका, लागेमा के हुन्छ, बच्न गर्नु पर्ने उपायका वारेमा सर्बसाधारण सम्म जानकारी पुग्ने गरि अभियानको सुरुवात गर्ने निर्णयका साथ कार्यान्वय समेत सुरु गरेको छ ।

गाउँपालिकाले कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी गाँउ गाउँमा माईकिङ गर्ने, पर्चा पम्पलेट वितरण गर्ने, जनप्रतिनिधि, कर्मचारी मार्फत नागरिकमा जानकारी सन्देश फैलाउने, आम नागरिकले पटक पटक र कार्यालयममा प्रबेश गर्दा राम्रो संग साबुनपानीले हात धोएर पस्ने, सुरक्षित मास्क लगाउने, आदर भावका लागि हात नमीलाई नमस्कार गर्ने, तातो र सफा खानेकुरा खाने, प्रसस्त तातो पानी पीउने, यदि रुघाँ कासो लागेमा ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्थामा जाने लगायतका क्रियाकलाप कार्यान्वय गर्ने र गराउने निर्णय गरेको छ ।

साथै कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी भिड भाड जन्य कार्य नगर्न र सजकता अपनाउन सबैमा अनुरोध गरिएको छ । कोभिड १९ बाट बच्न र बचाउनका लागि स्वाथ्य संस्थाहरुलाई र स्वास्थ्य कर्मीहरुलाई सतर्क तथा सुविधा सम्पन्न बनाउने कार्यको थालनी गरिएको छ । राप्तीको सिसहनिया स्वास्थ्य चौकी सिसहनिया र भालुवाङको लालमटिया स्वास्थ्य चौकीमा कोरोना भाईरसको संक्रमण चेकजाचका लागि प्रारम्भिक हेल्प डेस्क तयारी गर्नेसाथै आवस्यकता अनुरुप क्वारेनटाइम समेत निर्माण गर्ने निर्णय गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्