कोरोना त्रास : इतिहासमै तेस्रो पटक ताजमहल बन्द




भारतमा पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बन्दै आएको ताजमहल बन्द गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारत सरकारले ताजमहलसहित विभिन्न संग्रहालय तथा ऐतिहासिक धरोहरलाई मंगलबारबाट बन्द गरेको हो ।

उत्तर प्रदेश राज्यको आगरास्थित ताजमहल इतिहासमै तेस्रो पटक बन्द गरिएको हो । ताजमहल पहिलो पटक सन् १९७१ मा भारत–पाकिस्तान युद्धका क्रममा करिब दुई साता बन्द गरिएको थियो । यस्तै, १९७८ मा बाढीका कारण ताजमहल एक साता बन्द गरिएको थियो । ताजमहल अवलोकनका लागि दैनिक हजारौंको संख्यामा पर्यटक पुग्ने गर्दछन् ।

भारत सरकारले ३१ मार्चसम्मका लागि ताजमहल, कुतुब मिनार, लाल किल्लासहित देशका ऐतिहासिक धरोहर बन्द गर्ने निर्णय गरेको हो । केन्द्रीय पर्यटनमन्त्री प्रल्हाद पटेलले भने, ‘कोरोनाभाइरसलाई मध्यनजर गर्दै विभिन्न स्मारक, केन्द्रीय संग्रहालय ३१ मार्चसम्मका लागि बन्द गरिएको छ ।’ भारतमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्