प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुको अपील तथा प्रतिबद्धता पत्र सार्बजनीक



शुसिल बस्नेत,
दाङ ६ मसिर।
नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ प्रचार प्रसार समितिको आयोजनामा चुनावी प्रतिबद्धता तथा अपिल सार्बजनीकरण गरिएको छ । आगामी मंसीर २१ गतेको प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुको तर्फबाट अपील तथा प्रतिबद्धता पत्र आज बुधबार सार्बजनीक गरिएको हो ।
प्रतिबद्धता पत्रमा नेपाली काग्रेसले गरेको बिगतको भूमिका र ईतिहासलाई स्मरण गराईएको छ । दाङ जिल्लालाई प्रादेशीक राजधानी बनाउन आबश्यक आधारहरु समेत समाबेस गरीएको छ ।

प्रतिनीधि सभा सदस्य क्षेत्र नम्वर ३ का उम्मेदवार दीपक गिरी,प्रदेश सभा क्षेत्र नम्वर ३ ९१० का उम्मेदवार डिल्लीबहादुर चौधरी र प्रदेश सभा क्षेत्र नम्वर ३ ९२० का उम्मेदवार बुद्धीराम भण्डारीले गर्नुभएका विकास सम्बृद्धका बिषयहरुलाई समेत समाबेश गरीएको छ । उक्त प्रतिबद्धता पत्रमा भावी कार्यक्रमको कार्यलाई समेत समाबेश गरीएको छ ।

प्रतिबद्धता पत्रमा स्वास्थ्य,सडक तथा यातायात,धार्मिक एबम पर्यटीकय, सिंचाई तथा तटबन्ध,कृषि,खानेपानि र मूहान संरक्षण,बिद्युत विकास,शिक्षा,खेलकुद,कला र साहित्य,सूचना तथा प्रबिधि,सुकुम्बासी समस्या समाधान,उद्योग र ब्यापार,वातावरण तथा पर्यावरणीय संरक्षण र मानवीय संबेदनशीलता बिषयलाई समावेस गरीएको छ ।

सो अबसरमा प्रतिनीधि सभा क्षेत्र नम्वर ३ का सदस्यका उम्मेदवार एबम पूर्ब सिचाई मन्त्री दीपक गिरीले प्रतिबद्धता पत्रमा काग्रेसको तर्फबाट जननिर्वाचीतहरुले गरेको कामको संक्षेपमा मात्र उल्लेख गरिएको बताउनुभयो । उहाले २५ प्रतिसत मात्र सम्पादन गरीएका काम यस प्रतिबद्धता पत्रमा प्रकासन गरीएको जानकारी दिनुभयो ।

दाङका ५ वटै निर्वाचन क्षेत्रमा काग्रेसले संबिधान सभा सदस्यमा बिजय भएको स्मरण गराउदै ३ जना समानुपातिकका गरि ८ जनाले विकास र सम्बृद्धिमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाले दाङलाई प्रादेशीक राजधानी बनाउनका लागि उच्च अदालत र संघिय प्रहरी ईकाइ कार्यांलय तुलसीपुरमा स्थापना हुनुले राजधानीका लागि आउट लाईन भएको बताउनुभयो ।

तर एमालेका तत्कालीन सांसदहरुको आवाज दाङमा राजधानी बनाउनका लागि संसदमा नसुन्ने गरी आउने गरेको ब्यङग्य गर्नुभयो । टरीगाँउ एरपोर्टालई राष्ट्रिय स्तरको विमान स्थलका रुपमा बिवकास गरिने र संञ्चालनमा ल्याईने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्राबिधीकले दिएको जानकारी अनुसार हालको अबस्थामा सुधार गर्ने एक बिकल्प र अर्को ग्वारखोला तल बग्ने र माथिबाट बिमान अवतरण र उडान भर्नलाई प्रयोग गर्ने गरी संरचना बनाउन सकिने उहाको भनाई छ ।

प्रदेश सभा क्षेत्र नम्वर ३ ९१०सदस्यका उम्मेदवार एबम श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङका लागि प्रादेशीक राजधानी बनाउनका लागि प्रयोग बिहीन सार्बजनीक जग्गा उपलब्ध गराउने र पूर्बाधार निर्माण गराईने,जिल्लाका बिभिन्न एक सयवटा सडक कालोपत्रे गरिने,भूमिहीनहरुलाई जग्गा उपलब्ध गराई स्थायी बसोबासको ब्यबस्था मिलाउने, हेरक खेतबारीमा सिंचाई, एक वडा एक डाक्टर,तुलसीपुर उपमहानगपालिकामा रिङरोड,गृहनी महिलाहरुलाई तालीम दिई स्वरोजगार, दाङको डुरुवा वा फुलबारीमा तालीम केन्द्र स्थापना गरी जिल्लालाई तालीम हवको विकास गर्ने,वाल श्रमको अन्त्य गर्ने लगायतका प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ ।

क्षेत्र नम्वर ३ ९२० सदस्यका उम्मेदवार एबम निर्वतमान संसद सदस्य बुद्धीराम भण्डारीले गाँउ बस्दै आएका नागरिकलाई शहर बसेको अनुभूति गराईने,विकासका पूर्बाधारहरु गाँउमा पु¥याउने,जिल्लाका सडक कम्तीमा २ ल्याण्ड र फोर ल्याण्ड बनाउने,स्र्माट र मेघा सीटि बनाउने अवधारण प्रस्तुत गर्नुभयो ।
त्यस अबसरमा नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुर खडकाले बोल्नुभएको थियो ।
सार्बजनीक गरीएका अपील र प्रतिबद्धता पत्रको वाचन तयारी समितिका सदस्यहरु गोपीनाथ योगी र अर्जुन गिरीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य सुशील बस्नेतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्