बादी अगुवा नेपालीको निधन



 

सैघाली खबर
दाङ ६ मंसिर । बादी अगुवा संजय विक्रम नेपालीको सवारी दुघर्टनामा परी निधन भएको छ । संयुक्त बाम गठ बन्धनको तुलसीपुरमा आयोजिक चुनावी सभामा सहभागी भएर घर फर्केने क्रममा भएको सवारी दुघर्टनामा परी मृत्यु भएको थियो । तुलसिपुर बाट श्रीगाउँ तर्फजादै गरेको ना २ ६ , ६५० नम्मबरको अटो दुर्घटनामा परी नेपालीको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । अटो दुर्घटनामा परी गम्भिर घाईते भएका नेपालीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृर्तक नेपालीको शव तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।दंगिशरण गाउँ पालिका ६ श्रीगाउँ निवासी ३८ बर्षीय नेपाली लामो समय देखि बादी समुदायको उत्थानका लागि काम गर्दै आउनु भएको थियो । बादी समुदाय उत्थान विकास समितिका पूर्व सदस्य समेत रहनु भएका नेपाली दलित आन्दोलन र दलितका पक्षमा निरन्तर काम गर्दै आउनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्