५३ औं वार्षिकउत्सव



सैघाली खबर
दाङ, ७ मंसिर । अम्वीका मावि हर्नाेकको ५३ औं वार्षिक उत्सव बिहिवार सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरि वहादुर गोराथोकीको अध्यक्षता एंव पुर्व प्रअ देवकुमार गौतमको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्ष लोक वहादुर वंली, समाजसेवी बम वहादुर वुढा, देवीराम थापा, मदनकुमार न्यौपाने, पत्रकार विष्णु आर्ट र विद्यालय सरसफाई संयोजक ईश्वरीप्रसाद पाण्डेय लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयका प्रअ नारायणप्रसाद पोख्रेलले विद्यालयको गतिविधि बारे जानकारी गराउनुभएको थियो ।

साथै वार्षिक उत्सवको अवसरमा विद्यालयका पुर्व विद्यार्थी एंव साहित्यकार नुमेश घर्ति मगरको कृर्षि ‘ विर्सिएका सत्य ’ विमोचन गरिएको थियो । वार्षिक उत्सवको खेलकुद प्रतियोगिताका पुरस्कार वितरण गरिएको थियो । विद्यालय शिक्षिका शान्ता केसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण मधुसुदन भट्टराईले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्