सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी



गिरिराज नेपाली
दाङ, ७ मंसिर । सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी दर घट्दै गईरहेको छ । सामुदायिक विद्यालयहरु शैक्षिक गुणस्तर खस्कदै जानु, निशुल्क शिक्षामा अतिरिक्त शुल्क असुली, निजि विद्यालयहरुको आकर्षण, विद्यार्थीहरु मौसमी श्रमिकका रुपमा वाहिरिनु र सामुदायिक विद्यालयमा लागु गरिएको खाजा कार्यक्रम खासै प्रभावकारी हुन नसक्दा सामुदायिक विद्यालयहरुमा वर्र्षेनी विद्यार्थी भर्नादर संगै विद्यार्थी सख्या घट्दै गईरहेको छ ।

जिल्ला शिक्षा कार्यालय दाङका अनुसार पछिल्लो ३ वर्षमा दाङमा ६ हजार विद्यार्थी संख्या घटेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका अनुसार सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक गुणस्तर संगै विद्यार्थीहरु संख्या पनि वर्षैपिच्छे घट्दै जानथालेको उहाँले बताउनुभयो ।

निम्न माध्यामिक र माध्यामिक तहमा विद्यार्थी भर्नादर खासै नफेरिए पनि प्राथामिक तहमा विद्यार्थीहरु भर्नादर ह्वात्तै घट्दै गईरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७२÷७३ प्राथामिक तहमा ४७ हजार, ५ सय ३४ विद्यार्थी भर्ना भएका थिए । जसमा २४ हजार, ८ सय २५ छात्रा र २२ हजार, ६ सय ९ छात्र रहेका थिए । त्यस्तै आव ०७३÷७४ मा ४५ हजार २ सय विद्यार्थी भर्ना भएका थिए । जसमा २२ हजार, ९ सय १६ छात्रा र २२ हजार, २ सय ८३ छात्र रहेका थिए । भने आ.व. ०७४÷७५ मा ४१ हजार, ४ सय, ८० विद्यार्थी भर्ना भएका छन । जसमा २१ हजार, ४ सय, ६० छात्रा र २० हजार २० छात्र रहेका छन । यसरी प्राथामिक तहमै वर्षेनी विद्यार्थी संख्या घट्दै जानथाले पछि सामुदायिक विद्यालयको शैक्षिक दर पनि घट्दै जान थालेको मैनालीले बताउनुहुन्छ ।

प्राथामिक तहवाटै सामुदायिक विद्यालयहरुको विद्यार्थी स्रोत सुक्न थालेपछि सामुदायिक विद्यालयहरु माथिल्लो तहमा समेत केही प्रभाव देखिन थालेका मैनालीले बताउनुभयो । सामुदायिक विद्यालयको मुहानको रुपमा रहेको प्रावि तहमै विद्यार्थी भर्नादर वर्षैपिच्छे गिरावट हुनुले सामुदायिक शिक्षा प्रगती र सुधारका प्रयासहरु व्यअर्थका बन्दै गईरहेको उहाँले बताउनुभयो । प्रावितहको अध्यापनमा हेलच्याक्राई, विद्यालय सहयोग शुल्कका नाममा सहयोग शुल्क असुली, गरिवीका कारण श्रमका लागि विद्यार्थी बाहिरीनु र सामुदायिक शिक्षा प्रति अभिभावकहरुको मोहो घट्नुले सामुदायिक विद्यालहरु वर्षेनी रित्तिन थालेको मैनालीले बताउनुभयो । भर्नाभएका बालबालिकाहरुले पनि विद्यालय छोडेर जाने दर वर्षेनी वढ्दै गईरहेकाले यो समस्या अझै जटिल बनेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि थुप्रै प्रयास गरे पनि समुदायमा सामुदायिक विद्यालयको मोहो घट्दै गईरहेकाले सामुदायिक विद्यालयहरु अवस्था दहिनिय बन्दै गईरहेको उहाँले बताउनुभयो । प्राथामिक विद्यालयहरुमा नेपाल सरकारले विद्यार्थीको नियमितताका लागि सञ्चालन गरेको खाजा कार्यक्रमले पनि कुनै प्रभाव पार्न नसकेको उहाँको भनाई छ ।

छात्र वढि
जिल्ला शिक्षा कार्यालय दाङका अनुसार प्राथामिक तहको भर्नादरमा बालिका भन्दा बालकहरु वढि घटेको जिल्ला शिक्षा कार्यालय दाङले जनाउको छ । आर्थिक विपन्नता र मौसमी कामदारका रुपमा बालकहरु नै जिल्ला बाहिरका ईट्टाभट्टामा जाने गरेका बालकको सख्या व वढि देखिएको छ ।

जिल्ला शिक्षाअधिकारी रमेश मैनालीका अनुसार वालिकाहरुका कुनै पनि संरक्षणको आधारमा विद्यालय जाने गरेका छन । भने बालकहरु बाबु–आमा संगै श्रममा जोतिन पुगेकाले बालकको सख्या वढि विद्यालय वाहिर रहने देखिएको उहाँले बताउनुभयो । बालिकाहरुको तुलनामा बालकहरु २५ प्रतिशतले वढि विद्यालय बाहिर रहेको उहाँले बताउनुभयो ।

खाजा कार्यक्रम अनुपयोगी

सामुदायिक विद्यालयहरुमा लागु गरिएको खाजा कार्यक्रम खासै उपयोगी बन्न सकेको छैन । शिशु वालवालिकाहरु विद्यालय सम्म ल्याउने उद्देश्यले सञ्ंचालन गरिएको खाजा कार्यक्रमले विद्यार्थीहरुको नियमिमता गर्न नसकेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘वास्तविकता लाई भेटाउन सकेको छैन खाजा कार्यक्रमले ।’ दाङका ४ सय २१ सामुदायिक विद्यालयहरु मध्ये १ सय १६ विद्यालयहरुमा खाजा कार्यक्रम लागु गरिएको छ । प्रति वालवालिकाको दैनिक १५ रुपैयाँका दरले खाजा खर्च छुट्याएको छ । गरिवीका रेखामुनि रहेका दलित, जनजाती, आर्थिक रुपमा विपन्न र एकल महिलाका सन्तान लक्षित गर्दै सञ्चालन गरेको खाजा कार्यक्रम वास्तविकता वालवालिकाहरुलाई छुन नसकेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्