नारायणपुर क्षेत्रमा एक घर एक रोजगार



जनक नेपाली
दाङ,जेठ २१ । साबिक त्रिपुर नगरपालिकाले नगरक्षेत्रका लक्षित बर्गका लागि एक घर एक रोजगारको योजना अगाडी सारेको छ । लक्षितबर्ग अन्तरगत आदीवासी,जनजाति, दलित,अपाङ,पिछडा बर्गका महिलाहरुलाई स्वरोजार बनाउँने योजना अगाडी सारेको घोराही उपमहानगर पालिकाका कार्यक्रम अधिकृत विपना वर्ताैलाले जानकारी दिनुभयो । उहाँले महिलाहरुका लागि तीन महिना देखि ६ महिना सम्मका कार्य आर्जन मुलक तालिम सञ्चालन गरिएको वताउनुभयो । विपन्न समुदायको आर्थिक अबस्था सुधारका लागि साविक त्रिपुर नगरपालीकाले अगाडी सारेको वताउनुभयो । साविक त्रिपुर नगरपालिको वस्ति स्तरकै छनौट प्रकृयाबाट यस्ता योजना अगाडी सारेको उल्लेख गर्नुभयो । लक्षित महिलाका लागि सिलाई कटाई, मुडा बुनाई, वुटिक अन्य तालिम सञ्चालनमा ल्याएको उहाँ भनाई छ । यी सबै कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको अधिकृत वर्ताैलाको भनाई छ ।

silai-katai1
साविक त्रिपुरका सबै वडा हरुमा कुनै न कुनै तालिम अनिवार्य सञ्चालन गरिएको वताउँनुभयो । बस्ति स्तरका योजना छनौट गर्दा आर्थिक अबस्था कमजोर भएका र अति विपन्न समुदायलाई मुख्य प्राथमिकता राखेको बताउनुभयो । त्यसले गर्दा विपन्न समुदायको आर्थिक अबस्थामा सुधार आउँने साविक त्रिपुर नगरपालिका कार्यकारी अधिकृत कमानसिंह थापाले वताउनुभयो । विषेशगरी दलित समुदायको बाहुल्यता रहको क्षेत्रमा अधिकासं गरिवीको समस्या बढी रहेको भन्दै थापाले गरिवी हटाउँन दाङमा रहदा यस्ता खालका योजना बढी प्राथमिकता दिएको उल्लेख गर्नुभयो । त्यसले गर्दा विपन्न समुुदायको आर्य आर्जनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने दलित सञ्चाल साविक त्रिपुरका उपाध्यक्ष अर्जुन परियारले जानकारी दिनुभयो । परियारले ४० जना दलित महिलाका लागि तीन महिने वेसिक सिलाई कटाई तालिम सञ्चालनमा ल्याईएको उल्लेख गर्नुभयो । त्यसले विभिन्न दलित तथा अपाङ्ग भएका व्यक्तिका परिवारलाई आयआर्जनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । दलित सञ्चालनले यस आर्थिक बर्ष नारापुर क्षेत्रका चार स्थानमा विभिन्न तालिम सञ्चालन गरेको वताउँदै त्यसबाट दलित समुदायलाई प्रत्येक्ष सहयोग पुग्ने उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्