चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी(सुचना सहित)



काठमाण्डौँ, चैत ११
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको हो ।

उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिएको थियो ।

कोरोनाबाट वा अन्य कारणबाट मृत्यु भएको भन्ने कुरा ल्याब रिपोर्ट आएपछि मात्र जानकारी हुने अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि हिजो नै नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालका अधिकारीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्