चट्याङसहित वर्षाको सम्भावना, कुन ठाउामा कस्तो ?



काठमाडौं। अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहेनेछ ।

देशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १२ गते बुधबार

दिउँसोः देशको मध्य र पूर्वि भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलि रहनेछ।देशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमी भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू(भागका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १३ गते बिहिबार

दिउँसोः देशको पश्चिमि भू(भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडी भू(भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका एक दुइ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू(भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते शुक्रबार

दिउँसोः देशको पश्चिमि भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि पहाडी भू(भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू(भागका एक दुइ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि र मध्य भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि र पूर्वी पहाडी भू(भागका एक(दुइ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्