घोराही आक्रमणको सम्झना



सैघाली खबर

दाङ,८ मंसिर । २०५८ मंसिर ८ गते । रात चुक पोखिएजस्तै कालो थिया । चिसो बिस्तारै बढ्दै थियो. घोराही बजार सुनसान थियो। एकदम सुनसान, आउन आउनुअघि जस्तो । गल्लीका कुकुरको भुकाइ भने चर्काे थियो । सायद तिनले केही न केही संकेत पाएर हुनुर्पर्छ । बजारमा दिउँसो चहलपहल बढी थियो। रोल्पातिरबाट हटारु हरू पनि निकै झरेका देखिन्थे । त्यति धेरै हटारु त्यसअघि कहिल्यै देखिएका थिएनन । हुलका हल हटारु चौरमा समेत बसेका थिए। घोराही वरिपरिका बस्तीहरूमा पनि मान्छे थपिएका थिए। त्यस दिन बजारमा र्टचलाइट निकै बिक्री भएका रहेथिए । कसैलाई अड्कल थिएन। साढे नौ बजे पत्रिकाको काम सकेर म डेरामा र्फकंदा सडक चकमन्न थियो। केवल कुकुर चर्काे संग भुकेको सुनिन्थ्यो। खाना खाएर सुत्ने बेला रातको सवा दस बजेको हुनुर्पर्छ । म बस्ने टोल तिर एक्कासि चहलपहल बढ्न थाल्लयो । सडकमा फौजी हिंडेजस्तो आवाज कोठाभित्रबाटै थाहा पाउन सकिन्थ्यो। प्रहरी गस्ती होला भन्ने अनुमान थियो। तत्कालीन शाही सेना सडकमा आइसकेको थिएन। युद्धविराम भएकाले सुरक्षाककमीको गस्ती त्यति कडा थिएन। खाना खाएर ओछ्यानमा पल्टटेको केही समयपछि कतै बन्दुक पड्केको जस्तो आवाज सुनियो। अधेरी रातको सन्नाटामा त्यो आवाज निकै टाढा टाढासम्म फैलियो। बिस्तारै बन्दुक, बमको ुफायर बढ्न थाल्यो । त्यसपछि मकै भुटेजस्तो निरन्तर बढ्दै गयो। त्यस्तो खालको आवाज कहिल्यै आएको थिएन। लाग्या युद्धविराम भंग भएर भीषण युद्ध सुरु भयो।

निद पर्ने कुरै थिएन। झनपछि झन ठूलो आवाज आइरहेको थियो, उत्तर पट्टि रहेका सेनाको ब्यारेक, जिल्ला प्रहरी कार्यालयबाट त्यसससगै मनमा त्रास बढ्न थाल्यो । तर श्रीमतीका अगाडि त्रास देखाउन सकिएन। यो केको आवाज आइरहेको छु श्रीमतीले डरले दबेको स्वरमा बिस्तारै बोलिन सेना, प्रहरीले रात्रि तालिम गरेको हुनुर्पर्छ, आत्तिनु पर्दैन,ु मैले आश्वस्त पार्न खोजें । तर मेसो म आफैंले पाइरहेको थिइन। रात छिप्पिदै गइरहेको थियो, बमको आवाजले कुकुरको आवाजसमेत कम हुँदै गइरहेको थियो। कालो रातमा कतैबाट जानकारी लिने उपाय थिएन। कोठामा टेलिफोन थिएन।रात झनपछि झन डरलाग्दो हुदै गयो। धर्ती थर्काउने गरी आएको आवाजले घर थर्केको महसुस हुन्थ्यो। त्यसको जानकारी पाउन बिहानीको प्रतीक्षा गर्नु बाहेक अरू विकल्प थिएन।त्रासमा रात बित्यो। रातको त्रासभन्दा बिहानीको पर्खाइ निकै पट्यार लाग्दो थियो। रातभर के भयो होला मनमा यस्तै कुरा खेलिरहेका बेला छिमेकीको भाले बास्यो। बन्दुक फाट्टफुट्ट पड्कने क्रम जारी थियो। सगै माओवादी जिन्दावाद भन्ने नारा लागेको सुनियो। भालेले पनि आफ्नो आवाज बन्दुकको आवाजमा मिसायो। उज्यालोको आभासले पनि मनमा खुसी दियो।

 

बिस्तारै घोराहीको पूर्वतिर रहेको घोरदौरा पहाड उज्यालो हुदै गयो। हामी कोठाबाट बाहिर निस्कन सकेका थिएनौं। मिर्मिरे भएपछि सडकमा मान्छेको चहलपहल बिस्तारै सुरु हुन थाल्यो गाडी भने ठप्प थिए। कसैले चलाउने हिम्मत गरेको थिएन। दिउँसो थाहा भयो, घोराही छिर्ने नाकामा रूख ढालेर बन्द गरिएको रहेछ।अलि उज्यालो भएपछि म पनि बाहिर निस्के। सबैका अनुहारमा एकखालको त्रास थियो। त्रासबीच म करिब ५ सय मिटर टाढाको पत्रिका कार्यालय त्यतिबेला म स्थानीय युगबोध, गाउँघर साप्ताहिकमा काम गर्थेतिर लागे। मेरो कार्यालय नजिक दाङ मालपोत थियो। म त्यहाँ पुग्दा मालपोतका सबै खातापाता जलिरहेका थिए, सडकमा ल्याएर पोलिएको रहेछ। जलिरहेका खातापाताबाट अमिलो धूवा आइरहेको थियो। मानिसहरू त्यो दृश्य हेरिरहेका थिए। म सोझै पत्रिका कार्यालय पसे, कर्मचारी भेला भइसकेका रहेछन । पत्रिका छापेर त्यसै थुपारेको रहेछ। त्यति ठूलो घटना भएको थियो, त्यो कुरा नछापी पत्रिका बाड्नुको कुनै अर्थ थिएन। अब सबै घटनालाई समेटेर पत्रिका निकाल्नुपर्छ हामीले सल्लाह गर्याे ।घाम झुल्केपछि पत्रकारहरू भेला भइसकेका थिए। हामी घटनास्थलतिर लाग्यौं। नेपाल बैंक लिमिटेड घोराही शाखाका खातापाता पनि सडकमा जलाइएका थिए। बैंकमा राखिएको सुन र नगद सबै लुटिएको रहेछ। अब बैंकमा राखिएको सुन र नगद के हुन्छु सबैको जिज्ञासा त्यही थियो । त्यति बेलासम्म हामीलाई प्रहरी कार्यालय, सेनाको ब्यारेक, जिल्ला प्रशासन कार्यालयको विवरण थाहा थिएन।बजारमा मान्छेको भीड थियो। सबैको अनुहारमा अब के हुन्छ भन्ने त्रास नाचिरहेको थियो।

जिल्ला प्रहरी कार्यालय नजिक खुलामञ्च थियो। खुलामञ्चमा केही प्रहरी थिए, उनीहरू झोक्राएर भुईंमा बसेका थिए। उनीहरूको अनुहारमा काला धर्सादेखिन्थे । एक आपसमा कुरा गर्न सकिरहेका थिएनन हतास मानसिकतामा बसेका केही प्रहरी थरथर काँपिरहेका थिए, पराजित सिपाहीको हालतमा। कार्यालयको आँगनमा केही प्रहरीका शव थिए। बाँचेकाले त्यो हेर्न सकिरहेका थिएनन् । आँखै अगाडि अकल्पनीय आक्रमणमा परेका उनीहरूले सहककर्मी गुमाएका थिए। ज्यान जोगिएकोमा पनि खुसी हुन सक्ने अवस्थामा थिएनन । एकजना सिपाही भने आफू भाग्यले बचेको भन्दै बिहानै रक्सी खाएर दुःख बिर्सन खोज्दै थिए, बेलाबेला रुन्थे पनि बाँचेका बाचेका प्रहरीलाई सान्त्वना दिने अवस्थामा कोही थिएनन । कसैले कसैलाई सम्हाल्ने अवस्था थिएन।प्रहरीको हिरासत भवन बिहानसम्म जलिरहेको थियो। भित्र एक प्रहरीको शव आधा जलेको अवस्थामा थियो। परिसरमा पड्केका र नपड्केका सकेट बमहरू छरिएका थिए। ती बमको कुनै प्रवाह नगरी मान्छेको भीड बढ्दै थियो, किनकि उनीहरूलाई त्यसको खतराबारे थाहै थिएन।

 

सेनाको ब्यारेक पनि बिहानसम्म जलिरहेको थियो, त्यहाँ बचेका सैनिकहरू सैनिकजस्ता देखिएका थिएनन उनीहरूसंग हतियार बचेको थियो, न कमान्डर नै बाँकी थिए। उनीहरूसँग थियो त केवल रातभर माओवादीसँग भिडेर बचेको नाफाको जिन्दगी अनि जिउको मैलो पोशाक। उनीहरूले ब्यारेक छाड्न सकेका थिएनन्न सायद ब्यारेक प्रतिको माया थियो। मध्यरातदेखि माओवादी कब्जामा परेको ब्यारेक तहसनहस थियो। करिब तीन सय सेना त्यो ब्यारेकमा थिए, आक्रमणमा मेजरसहित १४ सैनिकको मृत्यु भएको थियो। सात प्रहरी र सात माओवादीको मृत्यु भएको थियो।सेनाको ब्यारेकमा रहेका अत्याधुनिक मोटारा रकेट लन्चर, एमएमजी, एलएमजी, एसएलआरसहित करिब २ सय हतियार सेना र प्रहरीको गाडीमा हालेर माओवादीहरू रोल्पाको होलेरीतिर लागिसकेका थिए। पूर्वलडाकू कमान्डर नन्दकिशोर पुनले लेखेको इतिहासका रक्तिम पाइलाु नामक पुस्तकमा सेनाको ब्यारेक कब्जा गर्न पौने दुई घन्टा लागेको उल्लेख गरेका छन् ।

रातको १० बज्यो, अब पुग्ने र फायर खाल्ने समय १ घन्टा बाँकी थियो। हामी ब्यारेकको नजिक पुगिसकेका थियौं। उनीहरू सेना ले हाम्रो चाल पाइहाले । उनीहरूले इमेरजेन्सी बिगुल फुके घन्टी बजाए। सबै अल राउन्ड पोजिसनमा गए। सबै हतियार स्टोरबाट निकाले। अब बराबाद भयो भनेर म हैरान भए। तैपनि आक्रमण नगरी भएको थिएन उनले लेखेका छन् । सबै स्टोरहरू कब्जा गरी र्सच गरियो। बजारबाट गाडी ल्याएर एम्युनेसन र हातहतियार सबै गाडीमा लोड गरियो। ६, ७ ट्रक सामान र एम्युनेसन लोड गरेर ४ बजेतिर विजयका नारा लगाएर हामी त्यहाबाट हिड्यौ जिल्ला प्रशासन, एसपी निवासलगायत सबै प्रमुख सरकारी कार्यालय सेनाको ब्यारेक कब्जा गर्नु एक घन्टाअघि नै कब्जा गरिसकेको पुनले लेखेका छन्। घोराहीदेखि सात किलोमिटर पश्चिममा रहेको इलाका प्रहरी कार्यालयसमेत उनीहरूले एकै समयमा कब्जा गरेका थिए। माओवादीले बैंकबाट ५ करोड नगद र २५ लाख जिन्सी लगेको उनले उल्लेख गरेका छन्। माओवादीले सेनाको ब्यारेक कब्जा गरेको यो पहिलोपटक थियो। उनीहरूले सीडीओ र एसपी पनि अपरहण गरी लगेर होलेरीबाट छाडेका थिए। सेनाको हेलिकप्टर ११ बजे मात्र घोराही अवतरण गर्याे। हेलिकप्टरले केही कमान्डो ओरालेपछि सेनाले ध्वस्त ब्यारेक नियन्त्रणमा लिएको थियो।

पत्रकार र र्सवसाधारणलाई सकेट बमको असरबारे केही जानकारी थिएन। प्रहरी कार्यालय परिसर र बाहिर रहेका बम टेक्दै हिंड्यौं। सकेट बम पड्केर केही व्यक्ति घाइते भएपछि भने हामीलाई डर लाग्न थाल्यो । त्यो घटनापछि युद्धमा पत्रकारिकताबारे प्रशिक्षण सुरु भयो। त्यसअघि जोखिमबारे व्यावहारिक जानकारी थिएन। घोराही आक्रमणपछि विशेषगरी दाङ कार्यक्षेत्र बनाएका पत्रकारहरू साँच्चिकै जोखिममा परेका थिए।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सशस्त्र संर्घष गरिरहेको माओवादीबीच वार्ता चलिरहेको थियो। तर वावतामा अलिकति पनि प्रगति भइरहेको थिएन। त्यसैबीच माओवादीले वार्ता भंग गरी २०५८ मंसिर ८ मा घोराही आक्रमण गरेको थियो।त्यसको तेस्रो दिन मंसिर ११ गते सरकारले मुलुकमा संकटकाल लागु ग¥र्याे । संकटकालको त्रासदी सबभन्दा पहिले घोराहीबासीले नै भोगे। बजार तत्कालीन शाही सेनाको नियन्त्रणमा थियो। सेना, प्रहरी र सशस्त्रको संख्या दिनदिनै बढ्दै थियो। गाउँमा माओवादीको जगजगी थियो। दिन कहाली लाग्दा थिए। रातमा ऐठन परिरहन्थ्यो।बहुदल आइसकेपछि पहिलोपटक संकटकाल लागेको थियो। दाङबासी ६ बजे घरभित्र छिर्थे। ढोका बन्द गर्थे, अनि भोलि बिहानसम्म केही नहोस भन्ने कामना गर्थे। हरेक दिन यसरी रात गुजार्थे। सेना र प्रहरी ब्यारेक वरिपरिका गोलीले छियाछिया पारेका भित्ताभित्र आशाको त्यान्द्रो बोकेर स्थानीयहरू बाँचेका । गोला र बारुदको धूवाँ मिसिएको हावा खाएर शान्तिको कामना गरिरहन्थे।

कर्फर्युले बन्द कोठाभित्र पनि भयभीत बनाउँथ्यो। सिरकमा गुटमुटिएका पनि झस्किन्थे। पत्रिकाका कार्यालयमा सुरक्षाकर्मीले ताला ठोकेको थियो। पत्रिका बन्द थिए, रेडियोले गीत मात्र बजाउन पाउँथे । दुई बन्दुकको चेपुवामा सबै थिए। मंसिर ११ गतेपछि संकटकाल लागेकाले धेरै समय पत्रिका निस्कन पाएन। घोराही आक्रमण भएको १६ वर्षपुगिसक्यो । मेरो मानसपटलमा भने मंसिर ८ ऐठन बनेर आउँछ। त्यसपछिका कहालीलाग्दा दिनहरू सम्झदा पनि आङ जिरिङ्ग हुन्छ।

प्रस्तुति गंगा बिसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्