प्रदेश ५ मा चार काेराेना विशेष अस्पताल सञ्चालनमा



दाङ सहित प्रदेश ५काे चार स्थानमा चार काेराेना विशेष अस्पताल सञ्चालनमा अाएकाे छ ।
दाङकाे बेलझुन्डि ,बाकेकाे नेपालगञ्जमा रहेकाे क्यान्सर अस्पताल र रूपन्देही जिल्लामा रहेकाे भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल गरि २ अस्पताल रहेको संघिय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले जानकारी दिनुभयो ।

हरेक विशेष अस्पताललाई २ कराेडकाे बजेट विनियोजन गरि अस्पताल सुरू गरिएको छ । र सरकारले हरेक अस्पतालमा १०० बेड रहने जनाएकाे छ । हरेक अस्पतालमा कार्यरत चिकित्सकहरूले पाईरहेकाे तलबमा सत्प्रतिशत रकम र सुरक्षाकर्मिलाई ५०% रकम थप गरि दिईने व्यवस्था मिलाईएकाे छ ।

प्रदेश ५ मा ३७ सङ्खास्पद विरामी भेटिएको सवैलाई अाईसाेलेशनमा राखिएको र कसैलाईपनि अहिलेसम्म काेराेना पाेजेटिभ नदेखिएको साथै सबैकाे नमुना परिक्षणकाे लागि काठमाडौं पठाईएकाे बताएको छ । विशेष अस्पतालमा अावश्यक सामाग्री र डाक्टर काे व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्