मौसम : चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना



काठमाण्डौ । शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ । तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाण्डौसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने उहाँले बताउनुभयो ।

यसकै प्रभावले शुक्रबार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्