मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौँ । पहाडी क्षेत्रका केही स्थान बाहेक देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।

अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन्।पश्चिमी पहाडी क्षेत्रमा अहिले आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसमसामान्यतया सफा रहेको मौसमविदले बताए ।

आइतबार दिउँसो विशेष गरी अपराहन्नपछि पहाडी क्षेत्रमा आंशिक बदली भई पश्चिम पहाडका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति पनि देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्