मानसिक समस्याका लागि शान्ती कार्यक्रम



सैघाली खबर
दाङ, ११ मंसिर । बढ्दंै गईरहेको मानसिक समस्याको न्युनिकरणका लागि शान्ती कार्यक्रम सुरु गरिएको छ । अशिक्षा , गरिवी, पारिवारिक विखण्डन र हिंसाका उपजका रुपमा देखा पर्दै गईरहेको मानसिक समस्या विद्यालय शान्ती कार्यक्रम मार्फत न्युृनिकरण गर्ने उद्देश्यले विद्यालय शान्ती कार्यक्रम लागु गरिएको छ ।

नेपाल महिला समुदायिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा जिल्लाको घोराही–तुलसीपुर उपमहानगरपालिका र दंगिशरण गाउँपालिका शान्ती कार्यक्रम मार्फत मनोसामाजिक परामर्श र मानसिक समस्याको समाधान र न्युनिकरणका उपाय वारे लक्षित समुदाय सचेतित गराउदै आईरहेको जनाएको छ । परिवर्तनका संवाहक शान्ती र पुर्नमिलन कार्यक्रमको समिक्षा गर्दै यस्तो जनाएको छ ।

गत आव ०७३÷७४ जिल्लाका तीन स्थानमा २१ जना मानसिक समस्याका रोगहरु भेटिएको मा चालु ०७४÷७५ कार्तिक मसान्त सम्ममा उक्त स्थानमा ३४ जनाले मनोपरामर्श सेवा दिएको केन्द्रकी लक्ष्मी ढकालले जानकारी दिनुभयो । मानसिक समस्याको मुलकडी नै हिंसा र अपहेलना रहेकाले महिलाहरु मानसिक समस्याका वढि रोगीहरु भेटिने गरेको उहाँले बताउनुभयो ।

महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको थियो । उक्त समिक्षा गोष्ठीमा जिल्ला समन्वय समिति दाङकी सदस्य तिला कुमारी वुढा, जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनाली , महिला तथा बालबालिका कार्यालय दाङकी प्रमुख विश्वमाया जोशी घोराही उपमहानगरपालिका – ४ सचिव पुनाराम गिरी , पत्रकार बसुन्धरा गौतम र सिसा नेपालका कार्यक्रम संयोजक कृष्ण चौधरीले सुझाव राख्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्