आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ ।

पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एकरदुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्